• २६ भदौ २०८३, शुक्रबार
  • ११ः०२ राती

पेटबाट निकालियो ७ किलोको रौँको डल्लो

प्रकाशित मिति

२०७७ भाद्र २४ गते, बुधबार ११:२४

एजेन्सी, आफ्नै रौँ खाने आदत रहेकी एक किशोरीको पेटमा यतिधेरै रौँ जम्मा भएछन् कि डाक्टरहरुले हालै शल्यक्रिया गरेर झण्डै ७ किलो तौलको रौँको डल्लो बाहिर निकालेका छन् ।

National Life

ती १७ वर्षीया किशोरीको पेटभित्र रहेको रौँको डल्लो पहिचान गर्नका लागि डाक्टरहरुलाई समेत हम्मेहम्मे परेको थियो । अल्ट्रासाउण्ड गर्दा सुरुमा डाक्टरहरुले पेटमा रहेको त्यो चिज ट्युमर रहेको आशंका गरेका थिए । त्यसपछि उक्त चिज निकाल्नका लागि शल्यक्रिया सुरु गरेका डाकटरहरुले ६ घण्टाको सघन शल्यक्रियापछि ७ किलो तौलको उक्त डल्ला बाहिर निकाले ।

यो घटना छिमेकी मुलुक भारतको झारखण्डको हो । झारखण्डको बोकारो जिल्लामा रहेको एक अस्पतालमा शल्यक्रिया गरी ती किशोरीको पेटबाट रौँको डल्लो निकालिएको हो । उक्त शल्यक्रियामा संलग्न प्रमुख डाकटरले आफ्नो ४० वर्षे चिकित्सा अनुभवमा यो पहिलो घटना भएको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

डाक्टरका अनुसार ती किशोरीमा आफ्नै रौँ खाने समस्या लामो समयदेखि रहँदै आएको छ । उनले निलेका रौँ सप्पै पेटमा जम्मा भएर गुजुल्टिँदै डल्लो बनेको हो । शल्यक्रियापछि ती युवतीको अवस्था स्थिर रहेको बताइएको छ।

 

प्रतिकृया