ट्विटरमार्फत प्रधानमन्त्रीबाट राष्ट्रकविप्रति श्रद्धाञ्जलि
प्रकाशित मिति
२०७७ भाद्र २ गते, मंगलवार ०९:३४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र कवि माधवप्रसाद घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यैपनि नभुल्ने विश्वास दिलाएका छन् ।
राष्ट्रकवि घिमिरेको आज (मंगलबार) साँझ १०२ वर्षको उमेरमा निधन भएको हो । घिमिरेको काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा निधन भएको हो ।
राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।…+ pic.twitter.com/G66wwJ6t2C
— K P Sharma Oli (@kpsharmaoli) August 18, 2020






प्रतिकृया