• १३:०१ २०८० चैत्र १६ गते
  • 1:01 pm

कोरोना संक्रमित ल्याब टेक्निसियनलाई आत्मबल बढाउन आग्रह

प्रकाशित मिति

२०७७ श्रावण २९ गते, बिहीबार ०३:०४

luvu

रामेश्वर श्रेष्ठः महालक्ष्मी नगरपालिका– ८ लुभु घर भई बयोधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन बहिनीकोबारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारले मलाई दुःखी बनाउनुका साथै गम्भीर ध्यानाकर्षण गराएको छ । समाचारहरु सार्वजनिक भएपछि मैले उहाँलाई आज बिहान फोन गरेर आत्मबल दह्रो बनाउन आग्रह गरेको छु । मैले उहाँलाई आफ्नो र परिवारको स्वास्थ्य सतर्कता अपनाउन पनि भनेको छु ।

स्वास्थ्यकर्मी तपाईं हाम्रो स्वास्थ्य सुरक्षाका लागि खटिने ‘फ्रन्टलाइनर’ हुनुहुन्छ । नगरबासी उहाँका छिमेकी, आफन्त, साथीभाइहरुलाई कृपया कुनै खालका दबाब, मनोवैज्ञानिक त्रास, अपमान र तिरस्कार नगरिदिनुहुन विनम्र अनुरोध गर्दछु । कोरोना भाइरस संक्रमित हुन कसैलाई रहर लाग्दैन । त्यो उहाँको दोष पनि हैन । माया, प्रोत्साहन, उत्साह, प्रेरणा र हौसलाले संक्रमित व्यक्तिलाई निको हुन मद्दत पुग्छ ।

नगरपालिकाले ७४ जनाको क्लोज कन्ट्याक्ट र समूदायका १३९ जनाको पीसीआर परीक्षण गरेको छ । आशा छ, सबैको नतिजा नेगेटिभ आउनेछ । नगरपालिकाले संक्रमण फैलन नदिन हरसम्भव प्रयासहरु गरिरहेको छ । तसर्थ, नआत्तित, सचेत रहन अपिल गर्दै भौतिक दूरी कायम राख्न, मास्क लगाउन र स्यानिटाइजर प्रयोग गर्न अनुरोध गर्दछु । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले सामाजिक सञ्जालमामार्फत् सार्वजनिक गरेको भनाई

प्रतिकृया