• २४ भदौ २०८३, बुधबार
  • २ः१५ दिउँसो

नेपाल बैंक लिमिटेडद्धारा कारोना कोषलाई रु ३ करोड ४६ लाख हस्तान्तरण

प्रकाशित मिति

२०७७ श्रावण २९ गते, बिहीबार ०२:४३

काठमाडौं, नेपाल बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको रु ३ करोड ४६ लाख रकमको चेक नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गरेको छ । उक्त रकम अर्थमन्त्री डा।युवराज खतिवडालाई बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले हस्तान्तरण गरेका हुन् । उक्त चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए । उनले बैंकको कार्यसम्पादनमा आएको सुधारको प्रशंसा गर्दै आगामी दिनहरुमा बैंकलाई अझ प्रतिस्पर्धी बनाउदै लैजान र बैंकको थप प्रगतिका लागि शुभकामना दिए ।

National Life

उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषण गरेको र हालसम्म संघिय सरकारको कोषमा रु। ४ करोड ४६ लाख र प्रदेश सरकारहरुलाई रु। ५ लाखका दरले रु। ३५ लाख गरी कुल रु। ४ करोड ८१ लाख आर्थिक सहयोग प्रदान गरिएको जानकारी गराए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध रहेको र यस कार्यमा नेपाल सरकारबाट निरन्तर सहयोग पाइरहने विश्वास व्यक्त गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया