• 3:27 pm

मान्छेका बच्चा जन्मेको १५–२० मिनेटमा नै किन उभिदैनन् ?

प्रकाशित मिति

२०७७ श्रावण १३ गते, मंगलवार ०२:१०

munu

काठमाडौ, मुनु गुरूङ्ग,  अहिले हामी २१ औं शताब्दीका मान्छे, हरेक क्षेत्रमा पहुच भएका , धेरै क्षेत्रमा सफलता हासिल गरेका, बिज्ञान र प्रबिधिले चन्द्रमा सम्म पुगेका मान्छे हौं तर त्यहि बिज्ञान र प्रबिधिले पनि अहिले सम्म मान्छेको बच्चालाई जन्मेको १५–२० मिनेटमा आफ्नो खुट्टामा उभ्याउन सकेको छैन । हामी धैरैलाई थाहा छ जीवन चक्रका कुरा त्यसमा हुन्छ जन्म, बाल्यवस्था , किशोरवस्था, बयस्क, बृद्धवस्था र मृत्यु । तर जन्म सगैं जुडेर आउने ० वर्ष अर्थात १ दिन देखि ११ महिना २९ दिनहरु सम्मका समयलाई कमैले ध्यान दिएका हुन्छौं ।
अन्तराष्ट्र्यि मान्यता अनुसार गर्भ देखि ८ वर्ष सम्मको उमेरलाई प्रारम्भिक बाल्यवस्थाको उमेर भनिन्छ । यो भनेको के हो भन्ने कुरा धेरैलाई थाहा पनि छ तर हाम्रो बच्चाको हुर्काईमा गल्ती यहाँनेर हुन्छ । हामी सोच्छौं प्रारम्भिक बाल्यवस्थाको उमेर जब नानीबाबुहरु स्कूल जानु शूरुगर्छन । तर होइन, अन्तराष्ट्रिय मान्यता अनुसार नै बालबिकास गर्भ देखि र सिकाई प्रक्रिया जन्मे देखि शुरु हुन्छ भन्छन्। प्रारम्भिक बाल्यवस्थाको उमेरमा नानीबाबुहरुको मस्तिष्क बिकास तिब्र गतिमाहुने गर्दछ । यो उमेरका नानीबाबुहरु कुनै पनि चिजहरुलाई धेरै जान्न उत्सुक, शोध खोज अन्वेषण गर्ने, आँटि एड्भेनचरस खालका हुने गर्दछन् ।

सायद जुनै पनि बिवाहित दम्पतीका लागी आमाबाबु बन्नु सौभाग्यको कुरा हो । तपाई आमाबाबु बन्दै हुनुहुन्छ, गर्भावस्थामा आमाको शरीरमा धेरै प्रकारका परिवर्तनहरु आउने गर्दछन् , जस्तै मटानिटि ब्लुज, हर्मोनको परिवर्तन, क्यालसियम, आईरनको कमि जस्ता समस्याहरु हुने गर्दछन् यस्तो अवस्थामा बाबुले आमालाई भरपुर सहयोग गर्नुपर्छ । गर्भावस्थाको हरेक क्षणलाई रमाईलो गर्नुस । तर अहिले , गर्भावस्थालाई लिएर थोरै मात्रामा बिकृति पनि फैलिएको छ, जस्तै गर्भधारण गरेको दुई महिना भऐको छैन एउटा हात पेटमा अर्को हात कम्मरमा राखेर डाक्टरले रेष्ट गर्न सुझाउनु भऐको छ भन्नु हुन्छ, यस्तो दृष्य अहिले धेरैले देख्नु भएको छ होला ।

तपाईको स्वास्थ्यले साथ दिएको छैन त डाक्टरको सल्लाह बमोजिम गर्नुस होइन भने शारीरीक व्यायाम गर्नुस, शरीरलाई धेरै भार नपारी आफ्ना कामहरु गर्नुस्, आफैले बच्चाको प्राकृतिक जन्म दिनुस् । आमा शब्दको महत्व बढाउनुस्, आमा धेरै नै प्रिय शब्द हो, प्रत्यक दिन बच्चाहरु संगको नयाँ नयाँ उत्सक, सामिप्यता, जुनभावनाशब्दमा वर्णन गर्न सक्दैनौं । आमा हुनुको आनन्द लिनुस्। तपाई आमाको हरेक कृयाकलापले उहाँहरुको बालबिकासमा मद्दत पुग्दछ।

किड्स इम्यूनिटी पावर”को के हो ?

बच्चाको लागी सबैभन्दापहिलो इम्यूनिटी सिस्टम एन्हन्सिङ्कप्रोपटिज छ त्यो हो आमाको पहिलो ब्रेष्ट मिल्क जुन बच्चा जन्मेको दिन देखि सातौं दिन सम्म आउँछ जसलाई हामी कोलोस्ट्रम भन्छौंयो धेरै पोषणयुक्त हुनु साथै यस्मा धेरै स्वथ्य र राम्रा बच्चाका लागीचाहिने जीवाणु हुने गर्दछन्। आमाको पहिलो ब्रेष्ट मिल्कबच्चाको लागी अति आवश्यक छ र महत्वपूर्ण पनि छ, सक्दो बच्चालाई खुवाउनुस्।

यसरी दिन बित्दै जादाँ बच्चाले आमालाई चिन्ने, उनीहरुको कृर्याकलाप, फेसियल एक्सप्रेसनहरु, आवाज आएको तिर हेर्ने, टाउको उठाउने, मान्छे चिन्न खोज्ने, हास्ने, आवाज निकाल्ने हुन्छ,। यहाँ आफ्नै बलले हातको सहायता लिएर टाउको उठाएर हेर्ने, बिस्तारै कोल्टे फेर्ने, हल्काइमोसन्स बुझ्ने, खेल्ने,कुनै सामान लिनको लागी हात तन्काउने, थोरै सन्तुष्टि, असन्तुष्टि देखाउने, गुल्टीदै यता उता गर्ने, उहाँहरुको नामलिदाँ हेर्ने, यहाँ सम्म ६ महिना पुग्नु भयो।

अब कुनै चिजको साहारा दिए बस्न सक्नु हुन्छ,ऐनामा चाँसो देखाउनी, कुनै पनि चिज मुखमा हाल्ने, जस्ता कृर्याकलाप गर्दै बाबे सर्न शुरु गर्नु हुन्छ । साहारा लिएर उठ्नी कोशिस शुरु गर्नु हुन्छ, बिस्तारै उभिनु हुन्छ लड्नु हुन्छ तर कोशिस छोड्नु हुन्न। निरन्तर कोशिस प्रयास पछि उहाँहरु १–२ –३ पाईलागर्दै हिड्न शुरु हुन्छ।साथसाथै अरु पनि धेरै आँखा झिम्काउनी, आमा(बाबा दादा भन्नीगर्नु हुन्छ, यस्ता गतिबिधि बढाउँदै १ वर्ष नजिक पुग्नु हुन्छ ।

माथी उल्लेख कुराहरुलाई साधारण तवरले बच्चाको हुर्काईका गतिबिधि भनेर लिएका छौं तर यी गतिबिधिलाई ध्यान अथवा नियालेर हेर्नुसत् , एउटा बच्चालाई आफ्नो खुट्टामा उभिनका लागी कति धेरै मेहनत गरेर उभिन सक्नु हुदो रहेछ भन्नी कुरा थाहा पाउनु हुन्छ । यही ० वर्षमा नै बच्चाहरुले मेहनत, लगन, शिद्धत, लचकता, जिन्दगीको सेन्सेक्स र जीवनचक्र जस्ता कुराहरुको अनुभव गर्दछन् ।

यो प्रकृतिले दिएको अब आउने उनीहरुको दिनवाजीवन संघर्ष, चुनौतीका लागी तयार हुन दिएको अभ्यास समय हो । अनुभवले हाम्रो इम्यूनसिस्टम धेरै राम्रो गरिदिन्छ। त्यसकारणले गर्दा मान्छे जातीको बच्चाजन्मेको १५–२० मिनेटमा नै आफ्नो खुट्टामा उभिन सक्दैनन्।भनिन्छ मान्छे जातीप्रकृतिको सर्वोकृष्ट संरचनामा पर्दछ, न्यूरोलोजिकल ब्रेन पनि सबैभन्दा फरक हुन्छ जुन अरु ८४ लाख प्रजाती हुदैन । मान्छेमा उदेश्य, कर्म, लक्ष्य, बुद्धि, विवेक शक्ति हुन्छ, यी कुराहरु पनि अरु प्रजाती हुदैन। धेरै प्रजाति मध्यबाट जनावरलाई लिऊउनीहरुको कार्यलाई चार भागमा बाडिन्छ जुनहो खानु, सुत्नु, बच्चाजन्माउनु वाभोग गर्नु र जीवनको लागी संघर्षगर्नु। यिचारकार्य हामी मान्छे पनि गछौं तर हामी यी कार्यहरु परिष्कृत तरिकाबाट गछौं । हामीलाई जीवनमा लक्ष्य, दक्षता, उद्धेश्य, भविश्यका चिन्ता, विवेक शक्ति जस्ता कुराहरुको आवश्यक अथवा प्राप्ति खोज्दछौं ।

हरेक अभिभावकलाई आफ्नो बच्चा हुर्काउने तरिकामा र आफूले बच्चाका निम्ती गरेका हरेक कार्यमा आत्मबिश्वास वा सहि लाग्छ ।तर हरेक बच्चाको जन्मदा देखिको कृयाकलाप, उनीहरुको व्यवहार एउटै हुन्छ भनौ वामाथीका कुराहरुबाट कोहि अछुतो हुदैनन्, सबै बच्चाले यही समय पार गरेर हुर्कदै जान्छन्। प्रकृतिले कसैलाई भेदभाव गरेको हुदैन। तर त्यहीबच्चा ठूलो भए पछि कोही सफल त कोहीअसफल हुन्छन् । किन सबै जना सफल हुदैनन्? यस्ता कुराहरु हेरेर मनन गरौं कतै हाम्रो हुर्काउने तरिका अलिकति मिलेन कि ? बच्चाको फिलिङ्क बुझेनौं कि ? उनीहरुमा धेरै चासो राख्यौं कि ? अधिक सुबिधा दियौंकि ? उनीहरुको हरेक कार्यमा रोकटोक भयो कि ? बच्चाको खुशीलागी केहि गर्नु भन्दानि अभिभावक आफ्नो आत्म सन्तुष्टिलाई ध्यानमा राख्यौं कि? उनीहरुको पाइलापाइलामा होभरिङ्ग ओभर त गरेका छैनौं नि?जस्ता बच्चाहरुका लागी भनेर गरेका कुराहरुले उनीहरुकोबालअधिकार त हनन गरेका छैं नौंनि ?

प्रतिकृया