• २ असोज २०८३, शुक्रबार
  • ४ः१५ बेलुका

लकडाउन हटे पनि कोरोनाको जोखिम हटेको छैन : स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति

२०७७ श्रावण ७ गते, बुधबार ०५:३०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन हटे पनि कोरोना भाइरस संक्रमणको जोखिम नघटेको जनाएको छ ।

National Life

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत कोरोना संक्रमणको जोखिम नघटेको जानकारी दिएका हुन्।

‘म फेरि पनि भन्न चाहन्छु, कोरोनाको जोखिम घटेको छैन,’डा गौतमले भने, ‘केही नियन्त्रणमा आएको मात्र हो ।’ सावधानी नअपनाउँदा कोरोना संक्रमणको दर फेरि बढ्न सक्ने पनि डा.गौतमले लाइभ अपडेट मार्फत बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘हामीले सावधानी अपनाएनौं भने संक्रमण दर बढ्न पनि सक्छ, हामीले छिमेकी देशहरुको उदाहरणबाट पनि सिक्न सक्छौ।’

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन आजदेखि अन्त्य गरेपनि व्यक्ति स्वयंले कोरोनाबाट बच्न सचेत हुनुपर्ने डा.गौतमको भनाइ छ ।

‘सरकारले कोभिड १९ को महामारीको सन्त्राषमा रहेको जनजीवनलाई विस्तारै नवसामान्यकिरण गर्ने सन्दर्भमा सरकारले लकडाउन हटाएर विभिन्न क्रियाकलापहरुलाई विस्तारै विस्तारै संचालनमा ल्याउने निर्णय गरेको छ,’ डा गौतमले भने, ‘यसलाई हामीले कोभिड १९ को महामारी सकिएको भनेर नबुझिदिनुहुन सबैमा अनुरोध छ। जोखिम अझै धेरै नै छ । विश्वका धेरै देशहरुले हाम्रो जस्तो अवस्थामा त्रुटी गर्नाले धेरै जनधनको क्षती बेहोरेको देखेका पढेका र सुनेका छौं ।’

डा गौतमले कोरोना संक्रमणबाट बच्न लकडाउनको अवस्थामा जस्तै अत्यावश्यक काम पर्दा मात्र घरबाहिर निस्किन, घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, एकअर्कामा दूरी कायम गर्ने, समय समयमा स्यानिटाइजर प्रयोग गर्ने तथा साबुनपानीले हात हुने तथा मन्त्रालयले कोरोना सर्ने जोखिमबाट बच्ने उपायबारे बनाएका मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन्।

प्रतिकृया