• ७ असोज २०८३, बुधबार
  • ३ः२४ दिउँसो

एस्टन भिल्लाले आर्सनलमाथि महत्वपूर्ण जित

प्रकाशित मिति

२०७७ श्रावण ७ गते, बुधबार ०५:४३

 

National Life

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल पराजित भएको छ ।

गएराती रेलिगेशन जोनमा रहेको एस्टन भिल्लाले आर्सनलमाथि १-० गोल अन्तरको महत्वपूर्ण जित निकालेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भिल्लाको जितमा ट्रेजेगुएट्सले खेलको २७औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि भिल्ला रेलिगेसन जोनबाट बाहिर त आएको छ तर रेलिगेसनबाट बच्न अन्तिम खेलको नतिजामा भर पर्ने छ । ३७ खेलपछि भिल्लाको ३४ अंक छ भने लिगमा १७औ स्थानमा उक्लिएको छ ।

त्यस्तै आर्सनल भने ३७औ खेलपछि ५३ अंकसहित लिगमा १०औ स्थानमा रहेको छ ।

अब अन्तिम खेलमा भिल्लाले वेस्टह्यामको सामना गर्ने छ भने आर्सनलले वाटफोर्डको सामना गर्ने छ ।

प्रतिकृया