पाँच जना मृत अवस्थामा फेला
प्रकाशित मिति
२०७७ असार २६ गते, शुक्रबार ०३:१९
काठमाडौं, ललितपुर, बारा, कास्की, सुर्खेत र रामेछापमा गरी पाँच जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका–६ सौगोल बस्ने ५५ वर्षीय राजेन्द्र श्रेष्ठ आफ्नै घरमा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी बाराको परवानीपुर गाउँपालिका-२ मुसरीटोलस्थित कृष्णलाल साहको धान खेतमा सोही ठाउँ बस्ने २८ वर्षीय राधेश्याम साह बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कास्कीको मादी गाउँपालिका–११ मौरीखोला मुखिया खोरमा सोही गाउँपालिका(१० मकै खोला बस्ने १७ वर्षीया कोपिला परियार बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । २०र२२ दिन अघिदेखि हराएकी उनी मृत फेला परेकी हुन् ।

यसैगरी सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाँउस्थित भेरी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको शव बिहीबार दिउँसो फेला परेको छ ।
यसैगरी रामेछापको मन्थली नगरपालिका(६ स्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव बिहीबार साँझ फेला परेको छ ।



प्रतिकृया