• ४ साउन २०८३, सोमबार
  • २:११ बिहान

संकटमा मानवीयता प्रदर्शन गर्नेहरु

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार ०२:५४

सागर गुरागाई

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत ४ महिनादेखि हामी नेपाली पनि लकडाउनमा छौं । यस्तो विषम परिस्थितिमा हामीलाई व्यापार व्यवसाय अनि नाफाको त के कुरा दैनिक जिविकोपार्जन गर्न पनि समस्या भएको छ । विशेष गरी निजी शैक्षिक संस्थामा काम गर्ने शिक्षक कर्मचारीहरुले न त राहत पाए न त सम्बन्धित शिक्षण संस्थाबाट तलब नै । अरु पेशा व्यवसायमा भएका व्यक्तिहरुको मासिक तलब पनि आयो र गत असार १ गतेदेखि नै उनीहरुको व्यापार व्यवसाय सहज रुपले सञ्चालन भैरहेको छ ।

Kamana Sewa

लगातार ४ महिनादेखिको लकडाउन अनि कहि कतैबाट आर्थिक र भौतिक सहयोग नपाएका निजी शिक्षण संस्थामा कार्यरत हजारौं शिक्षक कर्मचारीको समस्याको समाधान त परै छोडौं उनीहरुको समस्या र गुनासो सुनिदिने पनि कोही छैन । लकडाउनको समयको घरभाडामा काठमाडौ उपत्यकाका केही घरधनीहरुले केही महिनाको छुट दिएको भन्ने समाचार सुन्न र पढ्न पाइयो । तर त्यस्तो विपद्को समयमा सबै घरधनीहरुलाई केही भएपनि मानवीयता प्रर्दशन गर्नुपर्दछ भन्ने भावना आएन । उनीहरुले आप्mनै कथा र व्यथा मात्रै सम्झिए । होला कथा सबैको फरक हुनसक्छ तर व्यथा एउटै हुन्छ । त्यसैले संकटमा मानवीयता आफै अन्तरमनदेखि आउनु पर्छ । नत्र अरुले गरेको राम्रो काम र कुरालाई अनुशरण गरेर मानवीयता प्रर्दशन गर्न सकिन्छ ।

Classic Tech Desktop

दया माया र करुणा अनि मानवीयता सज्जन व्यक्तिका गुण हुन । यस्तो मानवीयता लकडाउनको समयमा मध्यपुर थिमि र भक्तपुरका धेरै घरधनीहरुले आप्mनो घर भाडामा बस्ने र व्यवसाय सञ्चालन गर्नेहरुलाई देखाएका छन् । ती मध्ये केही घरधनीहरुले लकडाउनको समयको एक महिनाको पुरै घरभाडा मिनाहा गरेर उच्च मानवीयता प्रदर्शन गरेका छन् । केही घरधनीहरुले लकडाउनको समयको घरभाडामा मासिक ५० प्रतिशतसम्म छुट दिएको छन् ।

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–४ को दक्षिणबाराही मार्गका केही घरधनीहरुले पसलको घरभाडामा ५० प्रतिशत सम्म छुट दिएका छन् । यसरी छुट दिने घरधनीहरुमा सज्जन सुन्दर श्रेष्ठ, विनोद श्रेष्ठ, सत्य नारायण श्रेष्ठ, मनबहादुर गुरु, गंगालक्ष्मी लाखे श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ लगायतका स्थानीय बासिन्दाहरुले उच्च मानवीयता प्रदर्शन गरिसक्नु भएको छ । हुन त लाखौंमा लग्गा किनेर करौडौं खर्च गरेर बनाइएको घर निर्माण सहज थिएन र छैन पनि । बैंक र वित्तिय संस्थाबाट लाखौं करोडौ ऋण लिएर निर्माण गरिएका घरधनीहरुले मासिक व्याज र ऋणको किस्ता बुझाउन समस्या भएको छ । तै पनि अरुको समस्यालाई आफ्नै सम्झेर आप्mनो घरमा भाडामा बस्नेहरुलाई एक महिनाको घरभाडा छुट दिनुलाई हामीले उच्च मानवीयता प्रदर्शन भनेका छौं ।

अरुको घरमा काठा भाडा लिएर व्यापार व्यवसाय गर्नु वा बस्नु रहर नभै बाध्यताको आफुलाई जन्माउने हुर्काउने बढाउने पढाउने आमाबुबाको घरमा बसेर मात्रै आप्mनै जिवन नचल्ने भएपछि शहर पसेर साहुको घरमा बस्नु धेरैको बाध्यता हो । संकटमा सहयोग गर्ने व्यक्तिहरुलाई भगवानले पनि साथ र सहयोग गर्ने विश्वास लिएका हामी नेपालीलाई एकपछि अर्को संकट र समस्या आइरहेको छ ।
विशेषगरी बि.सं. २०७२को भूकम्प, त्यसपछिको नाकाबन्दी, हिउँदको खडेरी, बर्षाको बाढी पहिरोदेखि नेपाल बन्द, हडताल पनि व्यहोर्दै आएका छौं । पछिल्लो समयमा गत चैत्रदेखि सुरु भएको कोरोना भाइसरको महामारीले लाखौं व्यक्तिको रोजिरोटी गुमेको छ । हजारौं व्यक्तिले आत्महत्या गरिसकेका छन् ।

विशेषगरी निजी शिक्षण संस्थामा काम गर्ने शिक्षक कर्मचारी र सार्वजनिक यातायातमा काम गर्ने मजदुरहरुको जिवन ज्यादै कष्टकर बनेको छ । यस्तो अपठ्यारो परिस्थितिमा आफ्नो घरमा भाडामा बस्नेहरुलाई दुव्र्यवहार गर्ने घरधनीहरु पनि देखिए । तर सबैको समस्या समान हो । मानवले सबैसँग मानवीय व्यवहार गर्नुपर्छ भन्ने मानिसहरु पनि देखिएका छन् । लगातारको ४ महिने लकडाउनमा आप्mनो घरमा कोठा लिएर बसेका व्यक्तिहरुलाई घरभाडामा छुट दिएका घरधनीहरुलाई छुट पाउनेको अन्तरआत्माले सदासर्वदा आर्शिवाद दिइरहने छ । यसरी विषम परिस्थिति र संकटमा साथ दिने व्यक्तिहरुलाई उच्च मानवीयता प्रदर्शन गरे वापत सम्बन्धित नगरपालिका, वडा, संघसस्था एवं नागरिक समाजले पनि उच्च सम्मान प्रकट गर्नुपर्छ । बाँचुन्जेल बेवास्ता अनि मरेपछि सम्मानको कुनै अर्थ हुँदैन् । तसर्थ कसैलाई केही सहयोग गर्नु छ भने जिवित हुँदै गर्नुपर्छ । कसलाई के थाहा मरे पछि को कहाँ पुग्छ अनि अर्को जन्म हुन्छ कि हँुदैन् । त्यसैले पूण्य कार्य गर्न भोलिलाई नकुरौँ अनि आज र अहिले नै गरौं ।

प्रतिकृया