• २१ भदौ २०८३, आइतबार
  • ३ः५६ दिउँसो

ब्राजिली राष्ट्रपति बोल्सेनारोमा कोरोना सङ्क्रमण पुष्टि

प्रकाशित मिति

२०७७ असार २४ गते, बुधबार ०५:२७

एजेन्सी, ब्राजिली राष्ट्रपति जायर बोल्सेनारो कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । मङगलबार ब्राजिली टेलिभिजनमा बोल्दै राष्ट्रपति बोल्सेनारोले आफू सङ्क्रमित भएको खुलाउनुभएको हो ।

National Life

सीएनएनका अनुसार राष्ट्रपति बोल्सेनारोले देशको अधिकांश व्यक्तिसम्म कोरोनाभाइरसको सङ्क्रमण पुग्ने बताउनुहुँदै आफूले सोमबार परीक्षण गराएकोमा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइतबार मैले राम्रो महसुस गरिनँ, सोमबार अझै खराब हुँदै गयो र थकित अनुभव गर्नुका साथै मांसपेशीमा पीडा महसुस हुन थाल्यो, लगत्तै शरीरको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरेँ ।” यी सबै लक्षणहरू देखिएपछि राष्ट्रपतिका चिकित्सकको समूहले कोभिड–१९ को लक्षण भएको सुझाव दिएपछि आफू अस्पताल पुगेको उहाँले बताउनुभयो ।

राष्ट्रपति जायर बोल्सेनारो सोमबार अस्पताल पुगेर आफ्नो फोक्सोको स्क्यान गराउनुभएको थियो । सोमबार नै मास्कसहित देखापर्नुभएको राष्ट्रपति बोल्सेनारोले आफ्ना समर्थकलाई फोक्सो सफा रहेको बताउनुभएको थियो । परीक्षण प्रतिवेदन आएपछि उहाँले आफूभन्दा टाढा रहन सबैलाई सचेत गराउनुभयो ।

Classic Tech Desktop

संयुक्त राज्य अमेरिकापछि ब्राजिल सबैभन्दा बढी कोरोना सङ्क्रमण प्रभावित राष्ट्र हो । ब्राजिलमा १६ लाख २३ हजार २८४ जनामा सङ्क्रमणको पुष्टि भएको छ, ६० हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिकृया