• २१ भदौ २०८३, आइतबार
  • ३ः२४ दिउँसो

तीन दिनका लागि झुलाघाट नाका खुल्यो

प्रकाशित मिति

२०७७ असार २४ गते, बुधबार ०५:०५

काठमाडौँ, भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार आज देखि तीन दिनका लागि खुल्ने भएको छ। कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।

National Life

सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोलीएको हो। बुधबार बिहान ९ बजेदेखि नाका खुला रहको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

पेन्सन बुझ्ने नागरिकलाई दैनिक एक सय जनालाई मात्रै नाकाबाट भारत पस्न दिइनेछ। त्यसका लागि ज्येष्ठताका आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ। यस्तै नाकाबाट फर्कने नागरिकलाई सामान्य चेकजाँच गरेर स्वदेश फर्काइनेछ। सीमा नाकामा दुई सय जति नागरिक रहेको अनुमान गरिएको छ। सरकारले झुलाघाट नाकालाई स्वदेश भित्रिनका लागि आधिकारिक नाका तोकेको भए पनि भारतले सहमत नहुँदा गत महिनादेखि खुल्न सकेको थिएन।

Classic Tech Desktop

तीन महिनादेखि सीमा नाका बन्द हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको थियो। भारतीय सेनाबाट सेवानिवृत्त भएका, अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको थियो।

भारतीय पेन्सनधारीको पेन्सनबापतको पैसा भारतीय बैंकमै आउने गर्दछन्। जारी लकडाउनका कारण सीमा नाका बन्द भएपछि गएको तीन महिनायता पेन्सन नपाएको हुन्। बैतडीबाट मात्रै करीब दुई हजारभन्दा बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन्।

प्रतिकृया