• २१ भदौ २०८३, आइतबार
  • ६ः११ बेलुका

ओली–दाहालबीच निर्णायक वार्ता सुरु

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार ०२:१३

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । पार्टीभित्रको विवाद चुलिँदै गएपछि स्थायी कमिटीबो बैठक भोलि विहान बस्नेगरि यसअघि नै स्थगित् गरिएको छ। यो बीचमा अध्यक्षद्धयबीच सहमतिको प्रयास जारी छ । दाहाल–नेपाल समूहले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, ओलीले दुवै पदबाट आफूले राजीनामा नदिने अडान लिएका छन् ।

National Life

अध्यक्ष दाहालले आफ्ना समूहका नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलसँग विहानै छलफल गरेका थिए । आफ्नो समूहमा छलफलपछि दाहाल बालुवाटार पुगेका हुन् । बालुवाटारमा दुई अध्यक्ष आज एक्लाएक्लै वार्तामा रहेको एक नेताले जानकारी दिए ।

प्रतिकृया