• ७ असोज २०८३, बुधबार
  • ११ः५८ बिहान

संगीतकार सुवर्णको प्रेममा सरिता

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार ०६:४७

काठमाडौं । गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठ नयाँ गीत ‘नमाग मसँग माया’ लिएर आएका छन्। बूढासुब्बा डिजिटलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो। यो गीत सुवर्णले नै लेखेका हुन्।

National Life

गीतको भिडियोमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ। भिडियोमा गायिका तथा मोडल सरिता भारतीसँगै अभिनेता रमेश चन्द सोडारी र भूपेन्द्रकुमार खड्काले अभिनय गरेका छन्। भिडियोमा सरिता र रमेश प्रेमी(प्रेमिकाको भूमिकामा छन्। यी दुईको प्रेममा बाधक बनेर भूपेन्द्र प्रस्तुत भएका छन्।

अतिथि भूमिकामा मेकअप आर्टिस्ट वन्दना मगराती छिन्। भिडियोको मेकअप वन्दनाले नै गरेकी हुन्। भिडियो डब्बुु क्षत्रीले निर्देशन गरेका हुन्। आफ्नी श्रीमती तथा प्रेमिकालाई सानो कुरामा शंका गर्दा घर नै बर्बाद हुने र सम्बन्ध बिग्रने कथा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ। वियोगान्त शैलीको यो गीतले शंकाले लंका जलाउँछ भन्ने सन्देश दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

भिडियोमा मोहनिस श्रेष्ठको छायांकन र क्षेत्रीकै सम्पादन छ।

प्रतिकृया