• १३:४७ २०८० चैत्र १५ गते
  • 1:47 pm

काठमाडौँ महानगरपालिका भित्रका ए डिभिजन क्लबलाई प्रति क्लब रु १० लाख हस्तान्तरण

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार ०७:०८

help zlwWLR1T3G

काठमाडौँ । काठमाडौँ महानरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।

राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गरेका हुन् । काठमाठौँ महानगरपालिकाले गत वर्ष पनि ए, वि र सि डिभिजन क्लवलाई आर्थिक सहयोग गरेको थियो ।

महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरु क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्यादी क्लब रहेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिए । प्रमुख शाक्यले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिए ।

उनले आगामी दिनमा पनि खेदकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिए ।

प्रमुख शाक्यले महानगरपालिका क्षेत्र भित्र रहेका ए डिभिजनलाई रु १०, वि लाई रु तीन लाख र सीलाई रु २ लाखका दरले सहयोग गर्दै आएको जानकारी दिए । ‘विगतका वर्षमा जस्तै यो वर्ष पनि हामीले ए, वि र सि डिभिजनलाई एकै पटक आर्थिक सहयोग गर्ने भनेका थियौँ । वि र सिलाई आगामी दिनमा यो पटकको सहित थप गरेर सहयोग गर्ने छौँ ।’ शाक्यले भने

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठ०ले पनि काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको बताइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रसंशा गरे ।

प्रतिकृया