• ७ असोज २०८३, बुधबार
  • १०ः४० बिहान

श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणका लागि भारतले आर्थिक सहयोग

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार ०५:५४

 

National Life

ईलाम । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि भारतले नेरु ३१.१३ मिलियन आर्थिक सहयोग गरेको छ ।

तत्कालिन ईलाम जिल्लाको बरबोटे गाउँ विकास समितिमा अवस्थित श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको औपचारिक उद्घाटन भारतीय राजदूतावासका प्रतिनिधिहरु तथा विद्यालय व्यवस्थापन समिति र वडाका प्रतिनिधिहरु बीच भिडियो कन्फरेन्समार्फत सोमबार भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित यस विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा पनि अध्यापन गराइनु विद्यालयको नवीनतम पक्ष हो । ईलामसँग जोडिएका अन्य जिल्लाहरुबाट आएका विद्यार्थीहरुका लागि विद्यालयले आवासीय सुविधा प्रदान गरेको जनाएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित यस चार तल्ले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् जसमा दश वटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि नौ वटा शयन कक्ष, चार वटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीन वटा भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधाहरु रहेका बताइएको छ । जिल्ला समन्वय समिति ईलामले यस परियोजनाको कार्यान्वयन गरेको छ ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने कार्यमा भारत सरकार जोडिन पाएकोमा भारतीयले दूतावास विज्ञप्तिमार्फत खुशी व्यक्त गरेको छ ।

प्रतिकृया