• ५ साउन २०८३, मंगलबार
  • ४:५८ बेलुका

लागूऔषधसहित एक जना पक्राउ

प्रकाशित मिति

२०७७ असार ११ गते, बिहीबार ०२:१८

सुनसरी, सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीका २३ बर्षीय मिथुन यादव प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन ।

बुधबार दिउसो २ बजे भाण्टाबारी स्थितमा हिडिरहेका यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन–४१ एम्पोल, डाईजेल्याव–३९ एम्पोल, लुपिजेसिक–४० एम्पोल, नाईट्रोशन–१०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन–१४४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Kamana Sewa

पक्राउ परेका यादव उपर थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया