• २ असोज २०८३, शुक्रबार
  • ३ः१३ दिउँसो

आज काठमाडौँका केही ठाउँमा ५ घण्टा बत्ती जाने

प्रकाशित मिति

२०७७ असार ९ गते, मंगलवार ०८:१०

काठमाडौँ, काठमाडौँका केही ठाउँमा आज ५ घण्टा बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको गणेशस्थान फिडरबाट वितरित लाइन बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकोले बत्ती जाने भएको हो ।

National Life

दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म घुम्ती, धापासी, च्यासिन्टोल, हात्तीगौडा, बालुवाडीपो, हेपालीलगायतका क्षेत्रहरुमा बत्ती जाने प्राधिकरणले जनाएको छ । तोकिएको समयभन्दा अघि नै काम सकिए चाँडै नै बत्ती आउने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिकृया