• 9:19 pm

दाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच बिरामी

प्रकाशित मिति

२०७७ असार ८ गते, सोमबार ०३:५७

 

दाङ । दाङमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् ।

जङ्गलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर –५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिएका छन्।

आइतबार बेलुका उनीहरुले जङ्गलबाट ल्याइएको च्याउ खाएका थिए । बिरामी परेकामध्ये मैतीको गम्भीरावस्था छ । रासस

प्रतिकृया