• ७ असोज २०८३, बुधबार
  • ९ः५४ बिहान

तालचोक शाखाको चौथो स्थापना दिवसका अवसरमा गण्डकी विकास बैकको सहयोग

प्रकाशित मिति

२०७७ असार ८ गते, सोमबार ०१:०६

लेखनाथ, गण्डकी बिकास बैंक लिमिटेडले तालचोक शाखाको चौथो स्थापना दिवसका अवसरमा सहयोग गरेको छ । बंैकले पोखरा महानगरपालिका–२७ मा रहेको कृष्ण प्रणामी बृन्दा वनधाममा आवासीय रुपमा अध्ययनरत आठ बालबालिकाहरुको पठनपाठन तथाभोजनमा सहयोग पुग्ने गरी खाद्यान्न सहयोग गरेको हो ।

National Life

तालचोक शाखाको चौथो स्थापना दिवसका अवसरमा गरिएको खाद्यान्न सहयोग हस्तान्तरण गर्दै गण्डकी विकास बैकका कार्यकारी प्रमुख रेशमबहादुर थापाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगतखाद्यान्न सहयोग गरेको वताउदैै बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने बताए ।

कार्यक्रमका अवसरमा कृष्ण प्रणामी बृन्दावनधामका गुरु विष्णु वशिष्ठले उक्त सहयोगबाट त्यस संस्थामा केही भएपनि राहात पुग्ने भन्दै बैंकलेगरेको सहयोग साना बाबुनानीहरुको भविष्यसँग जोडिएकोले पुण्यको काम भएको वताए ।

Classic Tech Mobile
Classic Tech Desktop

धामकी संचालककला गुरुङ्गले गण्डकी विकास बैँक परिवार प्रतिहार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।
तालचोक शाखाकाप्रवन्धक सन्तोषगुरुङ्गले गण्डकी विकास बैँक लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै सामाजिक क्षेत्रमाउल्लेख्य सहयोग गर्दै आइरहेको वताए ।

उक्तअवसरमा लेखनाथ क्षेत्रमा बसेर पत्रकारितागरिरहेका त्यस कार्यक्रममाउपस्थितपत्रकारहरुलाई मास्क र स्यानीटाइजर समेत वितरण गरिएको थियो । सो अवसरमाकृष्ण प्रणामी बृन्दावनधामका उपाध्यक्षशंकर पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, धामकीकोषाध्यक्ष उमा गुरुङ्ग लगायतल बैंकको सहयोग प्रतिआभार एवं धन्यवाद व्यक्त गरेका थिए । गण्डकी विकास बैँकका सहायक कार्यकारी ज्ञानेन्द्र पन्त, कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमले खनाथ पत्रकार मञ्चकाकोषाध्यक्ष सन्दिप पौडेलले गरेका थिए ।

प्रतिकृया