• 3:57 pm

कैलालीमा फेरि १२ बर्षीया बालिका बलात्कृत, दुई जना पक्राउ

प्रकाशित मिति

२०७७ असार ५ गते, शुक्रबार ११:१२

कैलाली, कोरोनाको सन्त्रासमा विश्व नै आतंकित बनेको छ । नेपाल पनि कोरोनाबाट बच्न लकडाउनको अवस्थामा रहेको छ । यसैक्रममा कैलालीमा फेरि १२ बर्षीया एक बालिका बलत्कारको शिकार बनेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिकाकी १२ बर्षिय बालिका बलत्कारको शिकार बनेकी हुन् ।

प्रहरी बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पीडित वालिकाको वयान अनुसार गौरीगंगा नगरपालीका वडा नम्बर ४ बस्ने बर्ष १९ का नविन सावद र सोही ठाउँका बर्ष २० का चन्द्र सावदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया