• 2:01 am

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी भारत जान लाग्दा नाकाबाट फर्काइयो

प्रकाशित मिति

२०७७ असार ३ गते, बुधबार ११:३२

 

काठमाडौं । सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी जनता समाजवादी पार्टीको सांसद सरिता गिरीलाई रोकिएको छ । उनलाई नेपाली सुरक्षाकर्मीले रोकेर नाकाबाट फर्काइदिएका हुन् ।

सिरहा प्रहरी कार्यालयका अनुसार चालक र गाडीसहित सांसद गिरी मंगलबार दिउँसो ३ बजे सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइएको भन्दै सुरक्षाकर्मीले उनलाई फर्काएका छन् ।

सिराहा घर भएकी सांसद गिरीको माइती भारतमा पर्छ । उनी सुरक्षागार्डलाई समेत छाडेर चालकलाई लिएर भारत प्रस्थान गर्दै थिइन् ।

नेपालको नयाँ नक्सासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर गिरी विवादमा आएकी थिइन् । सांसद गिरीले लिपुलेक नेपालको होइन भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन् ।

प्रतिकृया