एकैसाथ मिसाएर नखानुहोस् यी खानेकुरा, नत्र देखा पर्छ यस्तो स्वास्थ्य समस्या
प्रकाशित मिति
२०७७ असार ३ गते, बुधबार ११:००

काठमाडौं । हामिले दैनिक बिभिन्न खानेकुराहरु खाने गर्छौ । प्रशस्त पौष्टिक तत्व भएका खानेकुरा खाइरहनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । तर कुनै यस्ता खानेकुरा पनि हुन्छन् , जुन सँगै खाँदा स्वास्थ्यलाई बेफाइदा गर्छ । बिभिन्न खानेकुराहरु एकसाथ मिसाएर वा सँगसँगै खाँदा स्वास्थ्यमा गम्भिर समस्या देखा पर्दछ ।
यदि हामिले दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खाएका स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यस्तै माछा र सक्खर पनि सँगै खाँदा पित्त विगार्ने हुन्छ । हाँस वा बकुल्लाको मासु खाँदा गेडागुडी र कालो दाल खानु हुदैन । नत्र क्यान्सर हुनसक्छ ।
गुर्जो र तुलसी पनि एकैसाथ खान हुँदौन । नत्र एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ । त्यस्तै भिण्डीको साथमा दही मोहि,घ्यु,दुध खान हुँदैन । करेलामा साग वा भिण्डी खान हुँदैन । नत्र अम्लपित्त बढ्छ । दुध सँगै बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल पनि खानु हुँदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
प्रतिकृया