• 5:31 pm

बाँकेमा सोमबार मृत्यु भएकी महिलामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ असार ३ गते, बुधबार ०९:२७

नेपालगन्ज । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण देखिएको छ ।

गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षिय महिलाको सोमबार बेलुका मृत्यु भएको थियो ।
दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरीएकी महिलाको सोही दिन स्वाब संकलन गरीएको थियो । कोरोना परिक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिलेनै ति महिलाको ज्यान भएको हो । मंगलबार आएको रिपोर्टमा ति महिलामा कोरोना संक्रमण देखिएको अस्पतालका एक उच्च अधिकारीले जनाएका छन् ।

उनले ती महिलाको आईसियुमा राखेर उपचार गरिएकोले आईसियुलाई सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मिलाई क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले पुष्टि गर्नु भएको छ । तर अस्पतालले भने यसबारे कुनै ओपचारिक जानकारी गराएको छैन र बैजनाथकी महिलाको मृत्युुसंगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या दुई पुगेको छ ।

यसअघि जिल्लाको नरैनापुरमा भारतको मुम्बईबाट आएका एक युवकको क्वारेन्टाइनमा मृत्युु भएको थियोे । झाडा पखाला लागेर नरैनापुर नयाँ बस्तीका ती युवकको मृत्युु पछि परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । यो समाचार गोरखापत्र अनलाइनमा सिराज खानले लेखेका छन् ।

प्रतिकृया