• २२ भदौ २०८३, सोमबार
  • १ः४४ दिउँसो

सडक र सीमा निरीक्षण गर्नका लागि प्रधानसेनापति र सशस्त्रका आईजीपी छाङरुमा

प्रकाशित मिति

२०७७ असार ३ गते, बुधबार १२:११

काठमाडौं, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल दार्चुलाको छाङरु पुग्नु भएको छ ।
सेनापति थापा सेनाले बनाउन लागेको दार्चुला–तिंकर सडक तथा आईजीपी थापा बीओपी तथा सीमा सुरक्षाको स्‍थिति बुझ्न हेलिकोप्टरमार्फत कालापानी नजिकैको छाङरु पुग्नु भएको हो ।

National Life

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले केन्द्रको टोली छाङरुबाट फर्किएपछि सदरमुकाम खलंगामा छलफल हुने जानकारी दिनुभयो ।हेलिकोप्टरमा धनगढीबाट सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, दार्चुलाबाट प्रमुख जिल्ला अधिकारीसहितका व्यक्ति छाङरु पुग्नु भएको बुझिइएको छ ।

सेनापति थापा र आईजीपी खनाल स्काई ट्रकमार्फत् धनगढी पुग्नु भएको थियो । त्यहाँबाट हेलिकोप्टरमा दार्चुला हुँदै छाङरु पुग्नु भएको बुझिइएको छ ।  दार्चुलाको छाङरुमा केही साताअघि सशस्त्रका एआईजी नारायणबाबु थापाको उपस्थितिमा बोर्डर आउट पोस्ट स्थापना गरिएको थियो।

Classic Tech Desktop

प्रतिकृया