• २४ भदौ २०८३, बुधबार
  • ८ः४३ राती

रंगशाला निर्माणको अनुगमन

प्रकाशित मिति

२०७७ जेष्ठ ३२ गते, आईतवार १२:४४

रमेश गिरी ‘आशा’

National Life

भक्तपुर, भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित भंगेरी डाँडामा निर्माण सुरु भएको अन्र्तराष्ट्रिय खेल मैदानको प्रदेश सांसदसहितको टोलीले अनुगमन गरेको छ । करिब २०० क्षेत्रफलमा २ अर्व ४० करोड रुपैयाँको लागतमा निर्माण हुने रग्बी बहुउद्देश्यिय अन्तर्राष्ट्रिय खेल मैदान निर्माणका जमिन सम्याउने काम भइरहेकोले आज अनुगमनि गरिएको हो ।

वाग्मती प्रदेश सदस्य कृष्णला भडेँल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, नेकपाका जिल्ला सचिव डिपि ढकाल, नेपाली काग्रेसका नेताहरु राजाराम खड्का, यादव लामिछाने, मनोज गिरी, वडाध्यक्षहरु ज्ञानबहादुर केसी, जयेन्द्र खड्का, परासर सापकोटा, सन्तमान वाइवा, गैरसरकारी संस्था महासंघका अध्यक्ष सोम शर्मा (बजगाई), नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुडाथोकी लगायत खेलाडीहरुले उक्त क्षेत्रको अनुगमन गर्नु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अनुगमनमा प्रदेश सदस्य भडँेलले प्रदेशबाट रु्र. एक करोडको बजेट विनियोजनको तयारी भएको बताउदै नेमकिपाले रंगशालाको विरोध गरेपनि यहाँको जनता र अरु दलको समर्थनका कारण यहीँ क्षेत्रमा रंथशाला बनाइने बताउनुभयो । उहाँले विकास निर्माणमा फुटेर नभई जुटेर लाग्नु पर्ने बताउदै म भनेर नभई हामी भनेर अगाडि बढ्न सके विकासमा आएको सबै अवरोधलाई चिरेर अगाडि बढ्न सक्ने बताउनुभयो ।

रंगशाला स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा निर्माण कार्य हुने कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँले नेमकिपाले रंगशालाको विरोध गरेको बताउदै खानेपानीको कुनै समस्यान हुन नदिई यसको सुनिश्चितता गरेको बताउनुभयो ।

४० हजार दर्शक क्षमता रहने उक्त खेल मैदान निर्माणको पहिलो चरणको डिपिआरको काम सम्पन्न भई नगरपालिको बजेटमा हाल निर्माण कार्य अगाडि बढाइएको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो । नगरपालिकाले यस आबमा ३५ लाख रुपैयाँ विनियोजन गरि बुट्यान हटाउने र मैदान सम्याउने काम गरिरहेको छ ।

पाँच बर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम भइरहेको भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो । आगामी आर्थिक बर्षमा चाँगुनारायण नगरपालिका र प्रदेश सरकारको बजेटमा मैदानको काम अगाडि बढ्ने उहाँको भनाई छ ।

प्रतिकृया