• १ असोज २०८३, बिहीबार
  • ३ः२७ राती

जबरजस्ती नेपाल आउन खोज्ने भारतीय नागरीक र सशस्त्रबीच झडप, एकको मृत्यु

प्रकाशित मिति

२०७७ जेष्ठ ३० गते, शुक्रबार ०९:२२

 

National Life

सर्लाही । नेपाल भारत सीमा क्षेत्र सर्लाहीको नारायणपुर नाकाबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि झडप भएको छ ।

भारतीयले बल प्रयोग गरेरै भएपनि नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतीयहरू नारायणपुर नाका हुँदै शुक्रबार बिहानै जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा भारतीयहरू सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको हतियार नै खोसेर नेपालतर्फ आउन खोजेपछि झडप भएको थियो।

झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागि भारतको प्रिपा प्रसाइन जानकीनगरका २७ वर्षीय विकेश कुमारको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिएका छन् ।श्रेष्ठका अनुसार झडपमा सशस्त्र प्रहरीतर्फ तीन जना र भारतीय नागरिक दुई जना घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीको जिल्ला अस्पताल मलङ्गवा र भारतीयहरूको सीमापारीकै अस्पतालमा उपचार भइरहेको छ ।

झडपमा भारतीयहरूले खोसेर लगेका हतियार फिर्ता ल्याइसकिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए । झडप भएको स्थानमा अहिले व्यापक सुरक्षाकर्मी तैनाथ छन् । थप विवाद हुन नदिन सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठ र प्रहरी उपरीक्षक विश्वमणि पोखरेल आफैँ नारायणपुर नाका पुगेका छन् । भारतीयहरू जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोज्दा केही दिनअघि सर्लाहीको विष्णु गाउँपालिका स्थित पकडी नाकामा पनि झडप भएको थियो ।

प्रतिकृया