• ३१ भदौ २०८३, बुधबार
  • १०ः०५ राती

कोरोना भाइरस इरानमा दोस्रो लहर

प्रकाशित मिति

२०७७ जेष्ठ ३० गते, शुक्रबार ०९:३५

 

National Life

इरान । इरानमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ। इरानी हेल्थ एक्सपर्ट र कोरोना भाइरस टास्क फोर्सका सदस्य एसहान मुस्तफावीले इरानमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको बताएका छन्।

उनका अनुसार भाइरसबाट संक्रमित भएकाहरुको संख्या इरानमा करिव डेढ करोड छ। उनले कोरोनाको दोश्रो लहर आएको इरान पहिलो देश हुनसक्ने बताएका छन् । मुस्तफाबीले एक सर्वेक्षणमा कति मानिसमा एन्टीबडी डेभलप भएको भन्ने समेत पत्ता लागेको बताएका छन् । सर्वेक्षणमा १८.७५ प्रतिशत मानिसमा मात्र एन्टीबडी पाइएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

इरानमा हालसम्म कोरोना भाइरसको महामारीका कारण ८ हजार ६५९ जनाको मृत्यु भइसकेको छ भने १ लाख ८२ हजार ५२५ जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ७५ जनाको मृत्यु भईसकेको छ भने २ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ लाख ४४ हजार ६४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या धेरै हुन स्क्ने बताइएको छ । वैज्ञानिकहरुले दाबी गरेका छन् कि, संसारका अन्य देशहरुमा पनि आँकडामा भन्दा धेरै संक्रमित हुन सक्छन् । किनभने एसिम्प्टोम्याटिक केस अर्थात् बिना लक्षणका संक्रमितहरुलाई गनिएका छैनन् ।

प्रतिकृया