• २६ भदौ २०८३, शुक्रबार
  • ५ः४१ बिहान

नागार्जुन नगरपालिकाद्वारा आगामी वर्षको बजेट निर्माणका लागि विज्ञसँग छलफल सम्पन्न

प्रकाशित मिति

२०७७ जेष्ठ २३ गते, शुक्रबार ०७:५०

काठमाडौँ, नागार्जुन नगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणका लागि शुक्रवार नगरपालिकाभित्रका विभिन्न क्षेत्रका विज्ञहरुसँग राय सुझाव लिएको छ । आर्थिक वर्ष २०७७/७८ मा कार्यान्वयन हुने नगरपालिकाको नीति, कार्यक्रम र बजेट निर्माणको क्रममा नगरपालिकाभित्रका विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिएको हो ।

National Life

उक्त छलफल कार्यक्रममा सहभागि विभिन्न व्यक्तिले धेरै धन्दा धेरै रोजगारी सिर्जन गर्ने प्रकृतिको योजनाको निर्माण गर्न आग्रह गर्दै कोरोना भाइरसबाट सिर्जित समस्याको समाधान गर्न सक्ने स्वास्थ्य सेवा र रोजगारी सिर्जना गर्न सुझाव दिएका छन् । शुक्रवार विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरी राय लिइएको नगरपालिकाले विज्ञप्ति जारी गरि जनाएको छ ।

विज्ञ व्यक्तिबाट दिएको सुझावलाई नगरपालिकाको साधन र स्रोतले भ्याएसम्म कार्यान्वयन गर्ने नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताउनुभयो । विज्ञ समूहसँग गरिएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु र नगरपालिका विभिन्न शाखा प्रमुख लगायतले विज्ञ समूहबाट राखिएको जिज्ञासाको जवाफ दिदै आवश्यक सहजिकरण गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

। सबै स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र आआफ्नो सभामा पेश गर्नुपर्ने कानुनी व्यवस्थापन छ । सोही अनुसार नगरपालिकाले विभन्नि चरणमा सरोकारवालासँग छलफल र रायसुझाव लिने काम जारी राखेको छ ।नागार्जुन नगरपालिकाले कानुनले तोकिएको निर्धारित मितिभित्रै बजेट नगर सभामा पेश गर्ने गरी तयारी गरेको छ ।

प्रतिकृया