• २६ भदौ २०८३, शुक्रबार
  • ५ः११ बिहान

वडा अध्यक्ष मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रकाशित मिति

२०७७ जेष्ठ २३ गते, शुक्रबार ०७:३४

पोखरा, रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट नवराज विश्वकर्मा सहित छ जना युवाको युवाको मृत्युको घटनालाई लिएर दलित संघर्ष समिति पोखरा महानगरपालिका वडा नं ३३ ले आज वडा अध्यक्ष मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समिति संयोजक प्रेमबहादुर सुनार नेतृत्वको टोलीले पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।

National Life

२१ औं शताव्दीमा भएको यो घटना लज्जाजनक एवम् निन्दनीय भएको भन्दै ज्ञापनपत्रमा यसले दलित समुदायको अपमानका साथै समग्र देशकै शीर निहुँरिएको भनिएको छ । जातीय विभेद हुनु आफैंमा मानवअधिकारको हनन भएको भन्दै ज्ञापनपत्रमा यो घटनाले हाम्रो समाजमा आज पनि अत्यन्तै नराम्रो रोग विद्यमान रहेको कुरालाई थप प्रष्ट बनाएको उल्लेख छ । अन्तर्जातीय विवाह गर्न खोज्दा दलित भएका कारण ज्यान गुमाउनुपरेको अवस्थामा जातीय भेदभाव कसुर र सजाय ऐन २०६८ अन्तर्गत अपराधीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न समितिले माग गरिएको छ ।

मानव सभ्यतालाई गम्भीर चुनौती दिने यस किसिमको आपराधिक घटना कुनै पनि हालतमा दोहोरिन नदिन समितिले सरकारको ध्यानाकर्षण गराएको छ । यस अघि जातीय उत्पीडनका विरुद्धमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकी पोखरा महानगरपालिका वडा नं ३३ बसपार्कदेखि सुरु भएको ¥याली बरेली चोक, पानीट्याङ्की, महाकाली चोक, कालिकास्थान हुँदै भगवतीचौतारा पुगी पुन त्यहाँबाट फर्की कालीकास्थान पुगी ज्ञापनपत्र बुझाउँदै कोणसभामा परिणत भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कोणसभामा संयोजक प्रेमबहादुर सुनार, सह संयोजक शरण नेपाली, उप संयोजक राजकुमार सुनार, दलित संघर्ष समिति कास्कीका संयोजक दुर्गाबहादुर सुनार, कलाकार महेश गोदार लगायतले घटनाका दोषीलाई कडा कारवाही गर्न माग गर्नुभयो ।

 

प्रतिकृया