• ३ साउन २०८३, आइतबार
  • ९:२४ बिहान

लकडाउनको पिडा गीतमा, डिमर्चाको नया म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ११:२५

पोखरा, चर्चित साँगितिक ब्याण्ड डिमर्चाको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विश्वनै यतिबेला कोरोनासंग लडिरहेको अवस्थामा ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । कोरोनाको कारण भएको लकडाउन र यसले समाजमा उत्पन्न गरेको अवस्थालाई गीत मार्फत चित्रण गर्न खोजिएको ब्याण्डका गायक भाष्करध्वज श्रेष्ठ बताउछन् । उनी भन्छन्, ‘गीतले श्रम गरेर खाने हरेक मानिसको कथालाइ बोल्ने मात्रै होइन यो पिडादायी दिनको अन्त्य छिट्टै हुनेछ भन्दै निराश नहुन पनि आग्रह गरेको छ ।’

गीतमा सन्जय बरालको शब्द रहेको छ भने संगीत डिमर्चाकै रहेको छ । म्युजिक भिडियोको छायाँङ्कन सन्जय शाक्यले गरेका हुन् भने सम्पादन सविन गायकले गरेका छन् । भिडियोको निर्देशन सञ्चारकर्मी सन्जय मल्लले गरेका हुन् । ‘भिडियोले लकडाउनका कारण सबैभन्दा पिडित बनेका मजदुर र विपन्न परिवारको कथालाई उन्ने प्रयास गरेका छौं।’ निर्देशक मल्लले भने, ‘समाजको यथार्थ कथालाई यथार्थ पात्र मार्फत नै चरित्रका रुपमा चित्रण गर्न खोजेका छौं ।’ गीतले अहिलेको वास्तविक भोगाइको अनुभूति दिलाउने निर्माण समुहले जनाएको छ ।
सरकारले कोरोना नियन्त्रणका लागि घोषणा गरेको लकडाउनका कारण विपन्न परिवार र मजदुर बर्ग बढि मारमा परे । स्थानिय सरकारले वितरण गरेको राहत पनि निर्विवाद बन्न सकेन । राहतका लागि मजदुर तथा विपन्न वर्गले आन्दोलन नै गनुपर्ने अवस्था पनि सृजना भएको थियो । कतिपय ठाउँमा राहत तथा खाना नपाएर सुतेकै अवस्थामा मजदुरको निधन भएको थियो । यो विकराल अवस्था र नाजुक समयलाई नै गीतको भावले सम्बोधन गर्न खोजेको छ ।

Kamana Sewa

पोखरा लेकसाइडको द ट्रेजरको प्रस्तुतीमा बनेको भिडियोमा सञ्चारकर्मी / पत्रकार उत्तम पौडेल, आयुष श्रेष्ठ, शिबचन्द्र परियार, बालकलाकारहरु निया श्रेष्ठ, स्वीकार मल्ल, आर्य भुजेलको अभिनय रहेको छ । पोखराको पहिलो र्याप व्याण्डको रुपमा परिचित डिमर्चाले वि.सं २०५५ सालमा पहिलो एल्बम ‘खैलाबैला’ बजारमा ल्याएको थियो । २०५९ मा हुन्देरे, २०६२ मा ‘१, २, ३ भन्दिने हो’, २०६४ मा ‘झ्याम्म–झ्याम्म’ र २०६८ मा ‘कोहि छ किन्ने’ गरि ५ वटा एल्बम बजारमा ल्याइसकेको छ । डिमर्चा व्याण्डमा गायक भाष्करध्वज श्रेष्ठ, बेस गितारमा विरेन पुन, लिड गितारमा सञ्जय नेपाल, ड्रममा प्रज्वल विक र सफल परियार रहेका छन् ।

Classic Tech Desktop

अन्य थुप्रै फुटकर गीत समेत रिलिज गरिसकेको डिमर्चाले नेपालको समसामयिक राजनीतिक अवस्थालाई चित्रित गर्ने गीत ‘नेताज्यू नमस्कार’ बोलको गीतको म्युजिक भिडियो पनि यहि साता शुक्रबार सार्वजनिक गर्दैछ ।

प्रतिकृया