• २५ भदौ २०८३, बिहीबार
  • ८ः१५ राती

महामारीमा मनकारी युवानेता राजेन्द्र, अछामको बयालगणा अस्पताल र पत्रकार महासंघलाई आर्थिक सहयोग

प्रकाशित मिति

२०७७ जेष्ठ १४ गते, बुधबार १२:३४

जिल्ला प्रहरी र सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

National Life

काठमाडौँ । नेपाली काँग्रेस अछामका युवानेता राजेन्द्र शाह कहिलै चर्चामा आउन चाहेनन् । व्यवसायको सिलसिलामा काठमाडौँ बसोवास गर्दै आएपनि अछामी जनताको मनमा गढेर बस्ने उहाँको राजनीति गर्ने शैली अन्य नेताको भन्दा पृथक छ ।

जनतालाई मतदाता र युवालाई लडाकु दस्ता ठान्ने प्रबृतिका विरुद्ध उहाँ खुलेर भन्नुहुन्छ–जनतालाई निर्वाचनको वेलामात्र मतदाता ठान्ने हो र युवालाई आफ्नै परिवारको सदस्य ठान्ने हो भने एकब्यक्ति एक रोजगार, एक मतदाता एक व्यवसाय सिर्जना गर्न जरुरी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बयालगणा अस्पताल अछामलाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न एकलाख रुपिँया सहयोग प्रदान गर्नु भएको छ । नेता शाहले यसअघि अस्पताललाई पिपिई, माक्स, पन्जा, सेनिटाइजर र थर्मगन लगायतका उपकरणहरू प्रदान गर्नु भएको थियो । राजनीतिका अतिरिक्त काठमाडौँमा व्यवसाय गर्दै आउनु भएका शाहले अछाममा कोरोनाको जोखिम बढ्दै गएपछि थप सहयोग गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ अछाम शाखालाई स्वास्थ्य सामग्री खरिदका लागि २५ हजार, जिल्ला प्रहरी कार्यालय अछामलाई दुईलाख र सशस्त्र प्रहरी गण अछामलाई दुईलाख गरी चार लाख सहयोग प्रदान गर्नु भएको छ । अछाममा एकघर एकब्यक्ति रोजगारीको सिलसिलामा भारत जाने गरेको र उनीहरू कोभिड–१९ को संक्रमणसंगै जोखिम मोलेर फर्कीने क्रम जारी रहेकाले उपचार र उद्धारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको सुरक्षाका लागि सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो ।

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले बन्दाबन्दी जारी गरेसंगै राहतको पर्खाइमा रहेका अछाम स्थायी घरभइ हाल काठमाडौँमा बस्दै आएका विद्यार्थी, मजुदर र सर्वसाधारण गरी करीव दुईसयजनालाई राहत वितरण गरिएको छ । नेता शाहले व्यवसायबाट आएको २५ प्रतिशत नगद अछामी जनताको सेवामा खर्चिएको बताउनुभयो । सहयोग गर्ने भनेको अफ्ठयारो वेलामा हो उहाँले भन्नुभयो– काठमाडौँमा राहत मात्र पाँचलाख भन्दा बढी वितरण गरेका छौं ।

राहत वितरण अभियानमा सक्रिय अधिवक्ता विक्रमबहादुर कुँवरले शाहको अगुवाईमा विभिन्न बृद्धाआश्रम, अछामका विद्यार्थी, न्यून आयस्रोत भएका परिवार र मजदुरहरूलाई मात्र १५ सयदेखि सातहजारसम्म राहत वितरण गरिएको बताउनुभयो । बन्दाबन्दीको यो दुई महिना अवधिमा नेता शाहले नगद र स्वास्थ्य सामग्री तथा खाद्य गरी १५ लाख रुपियाँ भन्दा बढीको राहत वितरण गर्नु भएको छ । उहाँले राहतका लागि जुटाइएको सम्पूर्ण रकम आफ्नै मिहेनत र पसिना भएको स्पष्ट पार्नुभयो ।

अछाममा कोरोना संक्रमणको महामारी रोक्न आवश्यक स्वास्थ्य सामग्री, उपकरण, नगद सहयोग प्रदान गर्ने कार्य जारी रहने प्रतिवद्धता उहाँले ब्यक्त गर्नुभयो ।

 

प्रतिकृया