• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

एक महिनादेखि अलपत्र विदेशी नागरिकको उद्धार

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार ०९:२१

 

संखुवासभा । सङ्खुवासभा मकालु आधार शिविरको भ्रमणका क्रममा करीब एक महिनादेखि अलपत्र परेका विदेशीको उद्धार गरिएको हो । गत चैत २ गते मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी २६ वर्षीय अर्टेम सुहोनियाकिनको उद्धार गरिएको छ ।

Kamana Sewa

युवा विकास केन्द्रको आपत्कालीन प्रतिकार्य केन्द्रको व्यवस्थापन र जिल्ला समन्वय समितिको पहलमा उद्धार गरिएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । मकालु आधार शिविरको भ्रमणमा आएका उनी लकडाउनका कारण अलपत्र परेका थिए । उनलाई चैत २२ गते प्रहरीले उद्धार गरी जिल्ला प्रहरी कार्यालयले खानाको व्यवस्था गरी होटल खाँदबारीमा राखेको थियो ।

Classic Tech Desktop

सुहोनियाकिनलाई आज पूर्वाधार विकास कार्यालयको गाडीमा इटहरीसम्म पठाइएको छ । उनलाई इटहरीबाट युवा विकास केन्द्रको अर्को गाडी व्यवस्था गरेर आज नै काठमाडौं पठाइएको युवा विकास केन्द्रको सङ्खुवासभाका संयोजक विजय कार्कीले बताए ।

प्रतिकृया