• ८ असोज २०८३, बिहीबार
  • ८ः२८ राती

नगरको विकासका लागि मेयरद्वारा संघीय सरकारसँग मागपत्र प्रस्तुत

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार ०७:३२

ललितपुर, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा नगर क्षेत्रका विकास योजनालाई समावेश गर्न संघीय सरकारसँग माग गर्नुभएको छ ।

National Life

मेयर श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की र अर्थ मन्त्रालयमा विकास योजनाको डीपीआरसहितको मागपत्र प्रस्तुत गर्नुभएको छ ।

उहाँले ढुंगिनदेखि मानेदोभानसम्मको सडक विस्तार तथा कालोपत्रेका लागि बजेट माग गर्नुभएको छ । उक्त सडक–बनेपा बर्दिवास सडकमा जोडिन्छ । मेयर श्रेष्ठले सडक निर्माढा पूरा भए पूर्व जाने यात्रीका लागि २० किलोमिटर दुरी कम पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले भक्तपुर–कोटेश्वर सडकको वैकल्पिक मार्गको काम गर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

साथै, मेयर श्रेष्ठले इमाडोलदेखि टीकाथली हुँदै गोदावारी खोलासम्मका लागि सकड विस्तार तथा कालोपत्रेकाका लागि बजेट माग गर्नुभएको छ । मेयर श्रेष्ठले लाकुरी भञ्ज्याङ पर्यटन पूर्वाधार विकास तथा मनमोहन टावरका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि माग गर्नुभएको छ । नगरपालिकाले प्रदेश सरकारसँग मिलेर टावर बनाउन आवश्यक योजनाहरु निर्माण गरिसकेको छ ।

प्रतिकृया