नगरको विकासका लागि मेयरद्वारा संघीय सरकारसँग मागपत्र प्रस्तुत
प्रकाशित मिति
२०७७ बैशाख २८ गते, आईतवार ०७:३२

ललितपुर, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा नगर क्षेत्रका विकास योजनालाई समावेश गर्न संघीय सरकारसँग माग गर्नुभएको छ ।
मेयर श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की र अर्थ मन्त्रालयमा विकास योजनाको डीपीआरसहितको मागपत्र प्रस्तुत गर्नुभएको छ ।
उहाँले ढुंगिनदेखि मानेदोभानसम्मको सडक विस्तार तथा कालोपत्रेका लागि बजेट माग गर्नुभएको छ । उक्त सडक–बनेपा बर्दिवास सडकमा जोडिन्छ । मेयर श्रेष्ठले सडक निर्माढा पूरा भए पूर्व जाने यात्रीका लागि २० किलोमिटर दुरी कम पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले भक्तपुर–कोटेश्वर सडकको वैकल्पिक मार्गको काम गर्छ ।’
साथै, मेयर श्रेष्ठले इमाडोलदेखि टीकाथली हुँदै गोदावारी खोलासम्मका लागि सकड विस्तार तथा कालोपत्रेकाका लागि बजेट माग गर्नुभएको छ । मेयर श्रेष्ठले लाकुरी भञ्ज्याङ पर्यटन पूर्वाधार विकास तथा मनमोहन टावरका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि माग गर्नुभएको छ । नगरपालिकाले प्रदेश सरकारसँग मिलेर टावर बनाउन आवश्यक योजनाहरु निर्माण गरिसकेको छ ।
प्रतिकृया