• ७ असोज २०८३, बुधबार
  • १०ः१६ बिहान

लकडाउनका कारण प्रभावित बनेको सेयर बजार मंगलबारदेखि खुल्ने

प्रकाशित मिति

२०७७ बैशाख २७ गते, शनिबार ०९:४२

काठमाडौं । लकडाउनका कारण प्रभाबित बनेको सेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । मंगलबारदेखि धितोपत्रको दोस्रो बजार, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार सूचारु हुने छ।

National Life

कोरोना भाइरस महामारीको संक्रमण फैलने जोखिमसँगै नियामक धितोपत्र बोर्डले चैत १० देखि सुरुमा एक साताका लागि चैत १६ सम्म बजार बन्द गर्ने निर्णय गरेको थियो। त्यसयता सरकारले बन्दाबन्दी लागू गर्ने र त्यसलाई लम्ब्याउने निर्णयसँगै सेयर बजार बन्द रहँदै आएको थियो।

धितोपत्र बोर्ड, नेप्से, सीडीएस तथा क्लियरिङ लिमिटेड, मर्चेन्ट बैंक, निक्षेप सदस्य तथा सेयर दलालबीचको बैंकले वित्तीय क्षेत्रका अन्य व्यवसाय सूचारु भएसँथै सेयर बजार दैनिक दुई घण्टा खुला गर्ने निर्णय गरेको हो। मंगलबारदेखि बिहान ११ बजेदेखि १ बजेसम्म सेयर बजार खुला रहने नेप्सेले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बजार २ प्रतिशत घटबढ हुनेबित्तिकै सर्किट ब्रेकर लाग्ने व्यवस्था गरिएको छ। त्यसपछि उक्त दिनको कारोबार बन्द हुनेछ। त्यस्तै सेयरको मूल्य पनि दैनिक ३ प्रतिशतभन्दा बढी उतारचढाव हुन नदिने निर्णय भएको छ। प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म र कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म मात्र परिवर्तन हुने सक्ने व्यवस्था गरिएको छ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रूपमा विद्युतीय भुक्तानीमार्फत् गर्नुपर्ने भएको छ। त्यस्तै, लगानीकर्तालाई मेरो सेयर खाता खोली सोही खाताबाट अनिवार्य रुपमा इलेक्ट्रोनिक टिपोजिट इन्स्ट्रक्सन स्लिपमार्फत् राफसाफ गर्ने व्यवस्था भएको छ। २०७७ असार मसान्तसम्म मेरो सेयरमा नयाँ खाता खोल्दा निःशुल्क गरिएको छ।

प्रतिकृया