• 1:44 am

भोलि देखि काठमाडौंका सरकारी कार्यालय सञ्चालन हुने

प्रकाशित मिति

२०७७ बैशाख २७ गते, शनिबार ०९:२३

 

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनले बन्द काठमाडौंका सरकारी कार्यालय आइतबार (भोलि)देखि सञ्चालन हुने भएका छन् ।

लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्चालन हुने भएको छ ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि धेरैजसो सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । अधिकांश कर्मचारीहरु घरमै बसिरहेका छन् ।

बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

प्रतिकृया