• १९ भदौ २०८३, शुक्रबार
  • ९ः५२ बिहान

आज २०७७ बैशाख २० शनिवारको राशिफल

प्रकाशित मिति

२०७७ बैशाख २० गते, शनिबार ०५:२१

आज २०७७ बैशाख २० शनिवार,ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषले यस्तो फलादेश गर्नुभएको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

Kamana Sewa

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

Classic Tech Desktop

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाईदा मूलक योजना बननेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वातावरण बन्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारीको काममा उल्झन आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोवार भने कमजोर रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । साँझमा खर्चसमेत बढ्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मनपनि प्रसन्न रहनेछ । साथीभाइलेपनि राम्रै सहयोग जुटाउनेछन् ।

प्रतिकृया