• १९ भदौ २०८३, शुक्रबार
  • ५ः०२ बिहान

कोरोनाभाइरस संक्रमितको उपचारमा दैनिक कति खर्च लाग्ला ? हेनुहोस्

प्रकाशित मिति

२०७७ बैशाख २० गते, शनिबार ०५:०७

 

एजेन्सी । नेपालमा त कोरोनाभाइरस संक्रमितको उपचारका लागि सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने भनिएको छ । तर, यो भाइरस संक्रमण भएपछि उपचारका लागि कति खर्च लाग्ला ?

Kamana Sewa

अरु धेरै देशहरुमा पनि कोरोना भाइरस उपचारकोखर्च सरकारले नै व्यहोर्ने भएको छ ।

Classic Tech Desktop

आखिर एकजना कोरोनाभाइरस संक्रमितको खर्चका लागि कति लाग्ला ? यस विषयमा भारतीय मिडिया लाइभहिन्दुस्तानले एक रिपोर्ट तयार पारेको छ । रिपोर्टका अनुसार भारतको तिरुवनन्तपुरम मेडिकल कलेजका सिनियर डाक्टरले कोरोनाभाइरस संक्रमित व्यक्तिको उपचारका लागि दैनिक २० हजार देखि २५ हजारसम्म भारतीय रुपैयाँ खर्च हुने बताएका छन् । यसको अर्थ हो, १४ दिन भेन्टिलेटरको सहयोगविना संक्रमितको उपचारका लागि २ लाख ८० हजारदेखि ३ लाख ५० हजारसम्म भारतीय रुपैयाँ खर्च हुने देखिन्छ ।

व्यक्तिहरुको कोरोनाभाइरस संक्रमणको टेस्टका लागि नै प्रत्येक टेस्टमा भारतमा ४ हजार पाँच सय खर्च हुने बताइएको छ । किनकि यो टेस्ट किटको मूल्य नै ३ हजार पर्ने त्यहाँका मिडियाले रिपोर्ट गरेका छन् ।

साथै, संक्रमित सुविधासम्पन्न कोठामा बस्नु पर्ने भएकाले त्यसको खर्च पनि छुट्टै आउने रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिकृया