• २४ भदौ २०८३, बुधबार
  • ४ः४१ बेलुका

कोरोनाले मानवलाई लिएको परीक्षा

प्रकाशित मिति

२०७७ बैशाख १९ गते, शुक्रबार ०४:१६

सागर गुरागाई

National Life

सन् २०१९ को अन्त्यमा चीनको हुबेइ प्रान्तको वुहानमा देखिएको कोभिड १९ अर्थात कोरोना भाइरस अहिले विश्व भ्रमणमा छ । सम्पुर्ण मानवजातिलाई घरभित्र र कोठा भित्र बस्न बाध्य बनाएर आफू भने स्वतन्त्रतापूर्वक विश्व भ्रमणमा निश्किएको कारोना भाइरसले लाखौं मानिसको ज्यान लिएको छ । यो समाचार तयार पार्दा सम्म कोरोना भाइरसका कारण इटली, स्पेन, अमेरिका, फ्रान्स, बेलायत, चीन, भारत लगायत विश्वभरका २ सय १० देशबाट २ लाख ३५ हजार व्यक्तिको मृत्यु भई सकेको छ भने ३५ लाख भन्दा बढि व्यक्ति संक्रमित भएका छन् । त्यसैगरी झण्डै ११ लाख व्यक्तिले कोरोना भाइरसलाई जितेर नयाँ जिवन जिउने प्रयास गरेका छन् ।

कोरोना भाइरसको महामारी बाट बच्न चीनको वुहानले अढाई महिनाअघि खतराको घण्टी बजाउँदा पनि विश्वले खासै सुनेन । महामारीको कुनै देश, वर्ग, जात, क्षेत्र अनि व्यवस्था हुँदैन भनेर विश्व समुदायले बुझदै बुझेन् । विश्वव्यापारीकरणको युगमा यसको असरबारे विश्वले रत्तिभर ध्यान दिएन् । उनीहरु चीनको कमजोरी कहाँ पाइन्छ र अप्ठ्यारो पारौंला भनी गौडो कुरेर बसे । आफ्नै घरको गेट अनि ढोकामा कोरोना भाइरस आइसकेको पतै पाएनन् । यसबीच विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लिएको आरोप समेत लाग्यो । झोक फेर्न अनि मजाक गर्दै आफूलाई महाशक्ति राष्ट्र भनाउँदाका प्रमुखहरु पनि चाईनिज् भाईरस भन्दै उट्पट्यागं टिप्पणी गरि रहे । अन्ततः युरोप र अमेरिका अहिले सबैभन्दा पीडित बनेका छन् । चीनमाथि नचाँहिदा प्रश्न गरेर कोरोनाको महामारीबाट बच्न सकिदैन भन्ने कटुसत्य विश्वले समय छँदै बुझेन । पर्याप्त समय पाउँदा पनि हेलचेक्रयाईं गर्नु विश्वले मानव समुदायमाथि गरेको हदै सम्मको बेइमानी हो ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना भाइरसबाट बच्न कठोर अनुशासन पनि आवश्यक पदैन । केवल साबुन पानीले समय समयमा हात धुने, हाछ्युँ गर्दा खोक्दा नाकमुख रुमालले छोप्ने, संक्रमण नफैलियोस भनेर सामाजिक भौतिक दुरी कायम गर्ने, भिडभाडमा नजाने, घरभित्रै बस्ने, बाहिरबाट आएकाहरु केही दिन अलग्गै बस्ने जस्ता अति सजिला उपाय नरोजेर किन मानिस महामारीको मुखमा जादैछ ? अत्यावश्यक काम परेर बाहिर निस्कदा मास्क, पञ्जा लगाएर जाने, घरमा आउनासाथ सेनेटाइजर वा साबुनपानीले मिचीमिची हात धुने जस्ता सामान्य व्यक्तिगत सरसफाइमा ध्यान दिन जो कोहीलाई किन गा¥हो भएको होला ? कोरोना संक्रमित हुनुको मुख्य कारण असावधानी र बच्ने उपाय अनुशासन नै हो । विगतको इतिहास हेर्दा मानव जगतलाई प्रकृतिले पनि पटक पटक कठोर परीक्षा लिएको देखिन्छ । स्पेनिश फ्लु, प्लेग, एचआइभी एड्स, स्वाइन फ्लु, वर्ड फ्लु, शार्स, इबोला, विफर आदिका कारण करोडौं व्यक्तिले ज्यान गुमाउनु परेको थियो ।

सन् १५२० मा युरोप, एसिया, अरेविया क्षेत्र हुँदै अमेरिका र मेक्सिकोसम्म फैलिएको विफरले ५ करोड ६० लाख मानिसको ज्यान लिएको तथ्याकं छ भने सन् १९१८ मा विश्वभर फैलिएको स्पेनिश फ्लुका कारण ५ करोड मानिसले ज्यान गुमाएका थिए । फ्लुको समयमा भाईरसबाट बच्न सरसफाइमा जोड दिएको, मास्क लगाएर मात्रै हिड्नुपर्ने नियम बनाएको, फैलिन नदिन विद्यालय, कलेजदेखि चर्च एवं अन्य सार्वजनिक स्थल विगतमा बन्द गरेको विश्व इतिहासमा पढ्न पाइन्छ ।

मानवजाति मृन्युको मुखमा धकेलिएको बेला मास्कको कालोबजारी गर्ने, स्वास्थ्य सामाग्री कयौं गुणा महँगोमा बिक्री गर्ने, एउटा देशले किन्न ठिक्क पारेको सामान अर्को देशले हाइज्याक गर्नु र यसलाई कमाउने सुवर्ण मौका ठान्नेहरु मानवता विरोधी कलंकका अनुहार हुन । विश्व महामारीले घेरिएको महासंकटको बेला मानवीय धर्म कुल्चेर उपचार नगरी नागरिक फर्काउने नेपालका मेडिकल माफियाको रवैया र जनस्वास्थ्य भन्दा अर्थतन्त्रलाई महत्व दिने पुँजीवादी रवैया एकै प्रजातिका सन्तान हुन् । कोरोनाले यिनीहरुको असली रुप उदाँगो पारिदिएको छ । आज कोरोनाले मानव जातिसँग प्रश्न गर्दैछ पूँजी रोज्छौ कि जीवन ? नाफा रोज्छौ कि सेवा ? जनस्वास्थ्य रोज्छौ कि अर्थतन्त्र ? दुई मध्ये एक के रोज्ने मानवजातिले फैसला गर्नुपर्ने समय आएको छ । मानव अधिकारको रक्षा मानवजीवन बचाएर हुन्छ वा अर्थतन्त्र बचाएर ? कोरोनाले फेरि एक पटक मानव जातिमाथि कठिन परीक्षा लिईरहेको छ ।

प्रतिकृया