• २५ भदौ २०८३, बिहीबार
  • ८ः४६ राती

नेपाली कांग्रेसद्वारा बम बिस्फोट घटनाबारे अनुसन्धानको माग

प्रकाशित मिति

२०७७ बैशाख १९ गते, शुक्रबार ०२:३४

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोल्पामा भएको बम बिस्फोटको घटना तत्काल अनुसन्धान गर्न माग गरेको छ । कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गर्दै बम बिस्फोटको घटनाको गहिरो अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको हो।

National Life

बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बम बिस्फोट हुँदा ११ वर्षीया विमला खत्री, पाँच वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको थियो ।

विज्ञप्तिमा उक्त घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दैै भनिएको छ– ‘जहाँ कहीं पनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया