• २० भदौ २०८३, शनिबार
  • १ः०२ दिउँसो

आज २०७७ बैशाख १८ बिहिवारको राशिफल

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार ०५:२२

 

National Life

आज २०७७  बैशाख  १८ बिहिवार ,ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषले यस्तो फलादेश गर्नुभएको छ ।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज स्वास्थ्य प्रति सजक रहन जरूरी छ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।

Classic Tech Desktop

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आजको यात्राले दुस्ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति मानशीक चिन्ता बढ्ला ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा
वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आजको दिन घरमै हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मनमा हर्ष र प्रसन्नता छाउनेछ ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज बोलीवचन, प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

प्रतिकृया