• १९ भदौ २०८३, शुक्रबार
  • १०ः३२ बिहान

भारतको केरलामा मास्क नलाउनेलाई ५ हजार जरिमाना

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार ०५:४६

काठमाडौं । भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने व्यक्तिलाई ५ हजार रुपैयाँ जरिमाना गर्ने भएको छ ।

केरलाको वयानाद प्रहरी प्रमुखले प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुन बमोजिम जरिमाना गराइने जानकारी दिएका हुन् । त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक मात्र नभएर त्यहाँका पसले तथा सबै नागरिकलाई जरीमाना दिने बताइएको छ ।

Kamana Sewa

पसलमा आउने सबै ग्राहकलाई पनि स्यानिटाइजर उपलब्ध गराउनुपर्ने तथा दूरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीले जनाएको छ । केही दिनयतादेखि भारतमा पनि कोरोना भाइरसका विरामीहरुको संख्या बढ्दै गएपछि यहाँका विभिन्न राज्यले रोकथामका उपायहरु कडा पारेका छन् । यसैअनुरुप केरला प्रहरीले पनि यस्तो प्रावधान ल्याएको बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया