• १९ भदौ २०८३, शुक्रबार
  • ९ः३६ राती

बेलायती प्रधानमन्त्री बोरिस जोनसन बाबु बने

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार ०६:१४

 

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसन बाबु बनेका छन् । जोनसन कोरोना भाइरस संक्रमणका कारण लामो समय बिदामा बसेर नियमित काममा फर्किएका छन् ।

Kamana Sewa

कोरोनाको कष्टकर समय गुजारेर फर्किएका जोनसन छोराको बाबु बनेका हुन् । उनकी प्रेमिका क्यारी साइमन्डस्ले बुधबार बिहान लण्डनको एक सरकारी अस्पतालमा छोरा जन्माएकी हुन् ।

Classic Tech Desktop

उनीहरुले आफूहरु बाबुआमा बनेको औपचारिक रुपमा जानकारी गराएका हुन् । प्रधानमन्त्री जोनसनका प्रवक्ताले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी गराएका छन् ।

प्रतिकृया