प्रहरीले सांसद अपहरण सम्बन्धी जाहेरी लिन मानेन !
प्रकाशित मिति
२०७७ बैशाख १४ गते, आईतवार ०७:१०
काठमाडौ, काठमाडौं प्रहरी परिसरले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुलाई फिर्ता गरिदिएको छ । प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी दिन भन्दै लिन नमानेको नेताहरुले बताएका छन् ।
यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्न ? #SaveDrYadav pic.twitter.com/vofzToFBPZ
— — Baburam Bhattarai (@brb1954) April 26, 2020
सो पार्टीका नेता विश्वदीप पाण्डेले एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जाउ भनेको बताए । उनले सामाजिक सञ्जालमा भनेका छन्, “जबकि कानुनले नजिकको प्रहरी र यथाशिघ्र समयमा जाहेरी गर्ने भनेको छ । प्रहरी परिसर टेकुमा एसएसपी गायब । अहिले जाहेरी लिन नमानेको अवस्था छ । कानुनभन्दा माथि ओली सरकार ?”
परिसरका एसएसपी श्यामलाल ज्ञवालीले पनि घटनाको सुरुवात जहाँ भएको हो त्यहीँ जानुस् भनेको जानकारी दिए ।






प्रतिकृया