• २० भदौ २०८३, शनिबार
  • ८ः२० बिहान

मानवीय आस्था नेपालले ६१ जना पत्रकारलाई ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण

प्रकाशित मिति

२०७७ बैशाख १० गते, बुधबार ०९:३३

भक्तपुर । संघीय सांसद महेश बस्नेतले भक्तपुरका पत्रकारलाई प्रेस ज्याकेट तथा बिभिन्न स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

National Life

मानवीय आस्था नेपालले सूर्यविनायकमा कार्यक्रममा आयोजना गर्दै उनले ६१ जना पत्रकारलाई प्रेस ज्याकेट, एन ९५ मास्क, सर्जिकल मास्क र सेनेटाइजर वितरण गरेका हन् ।

लकडाउनको बेलामा पनि पत्रकारहरु अग्रभागमा आएर जोखिम मोल्दै समाचार संकलन गर्नु पर्ने साथै फोटो खिच्नु पर्ने हुदा पत्रकारलाई सुरक्षाका सामाग्री अत्यावश्यक ठानेर वितरण गरेको बताएका छन् ।

Classic Tech Desktop

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलको जटिल परिस्थितिमा पनि पत्रकारहरु आफ्नो स्वास्थ्यको जोखिम मोलेरै कार्य क्षेत्रमा नियमित खटिएको भन्दै उनले संचारकर्मीका लागि सरकारले स्वास्थ्य बिमा सहित राहतको प्याकेज ल्याउनु पर्नेमा समेत जोड दिएका छन् । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदे थापा नेपाकाका जिल्ला अध्यक्ष बचन देउजाको उपस्थिति रहेको थियो ।

२०७२ सालको महाभूकम्पमा समस्यामा परेका भूकम्प पीडितलाई सहयोग गर्न स्थापना भएको मानवीय आस्था नेपालले अहिले कोरोना भाइरसले निम्त्याएको संकटको बेलामा पनि निरन्तर मानवीय सेवामा जुटिरहेको छ ।

 

प्रतिकृया