कोरोनाविरुद्ध लड्ने क्षमता बढाउने, घरेलु उपायहरु यस्ता छन्
प्रकाशित मिति
२०७७ बैशाख १० गते, बुधबार ०८:५५
काठमाडौं । कोरोनाविरुद्ध लड्ने क्षमता बढाउने घरमा बनाएको ताजा र पोषिला खानेकुरा खाने बानीको विकास गरौँ। हरिया सागसब्जी, फलफूल, दूध र गेडागुडी नियमित सेवन गरौँ।
भिटामिन सी, बी, ई, जिनलगायत पोषण प्राप्त हुने खाना सेवन गरौँ। खेल्ने बानी बसालौँ। नियमित व्यायाम, योग र हाइकिङ गरौँ।

भिटामिन डी प्राप्त गर्न बिहानको घाममा बसौँ। फोक्सोको कार्यक्षमता वृद्धिका लागि नियमित नुलोमविलोम गरौँ।

चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौँ।
लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दलचिनी, खुर्सानी, ल्वाङ, सुकुमेल, अलैँची, जाइफल, ज्वानोजस्ता मसलासहितको खाना खाने गरौँ।
भिटामिन सी पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको सेवन गरौँ।
पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमति खाऔँ। मह, लसुन, बेसा, अदुवा, कुरिलो, गुर्जो, नियमित सेवन गरौँ।
दिल खोलेर हाँस्ने गरौँ। दूध र चिनी नहालेको चिया वा कफी नियमित सेवन गरौँ। सरसफाइमा अल्छि नगरौँ। निद्रा पुग्ने गरी पर्याप्त सुन्ते गरौँ ।यस्तो गर्दा कोरोनालाई जित्न सकिन्छ । नयाँ पत्रिकाबाट साहाभार




प्रतिकृया