• २२ भदौ २०८३, सोमबार
  • ११ः३५ राती

समय यस्तो भयो कि, ५ सय भारु नोटसँग सिंगो वस्ती नै त्रसित

प्रकाशित मिति

२०७७ बैशाख ७ गते, आईतवार ०८:५७

एजेन्सी । बेला पनि कस्तो आयो । बाटोमा ५ सय भारु नोट भेट्दा टिप्नेको प्रतिष्पर्धा हुनुपर्ने हो । तर, दिल्लीमा त्यही नोटका कारण वस्ती नै त्रसित भयो ।

National Life

इन्डियन एक्सप्रेसका अनुसार घर बाहिरको सडकमा ५०० रुपैयाको नोट थियो। तर त्यो नोट उठाउन कसैले पनि हिम्मत गर्न सकेनन् ।

खासमा त्यहाँका स्थानीयले त्यो नोट देखेका हुन्। तर कोरोना भाइरस लगाएर फालेको भन्दै कसैले नोट टिप्ने हिम्मत गर्न सकेनन्। स्थानीयमा नोटको बिषयले त्रास फैलिएपछि स्थानीय प्रहरीले उक्त नोट टिपेर लगेको थियो। प्रहरीले समेत त्यो नोट टिप्नु पूर्ब नोटलाइ सेनिइटिज़ गरेर एक खाममा हालेर प्रहरीले थाना लगेको थियो।

Classic Tech Desktop

तर यसको रहस्य पछि खुलेको थियो। त्यहाकी स्थानीय महिलाले उक्त नोट एटिमबाट झिकेर त्यसबाट भाइरस सर्छ भन्दै उक्त नोट सेनिइटिज़ गरि घरको बार्दलीमा सुकाएकी थिइन्। त्यहीबाट उक्त नोट सडकमा झरेको थियो।

‘सडकमा छरिएको नोट कसैले नउठाउँदा रामराज्य आए जस्तो लाग्यो’ एक प्रहरी अधिकारिले भने ।

प्रतिकृया