• १९ भदौ २०८३, शुक्रबार
  • ४ः२२ बिहान

कोरोनाको कारण स्पेनमा एकै दिन ६८७ को मृत्यु

प्रकाशित मिति

२०७७ बैशाख ६ गते, शनिबार ०६:२५

 

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको संख्या २० हजार २ पुगेको छ । एकै दिन स्पेनमा ६८७ जनाको मृत्यु भएको छ ।

Kamana Sewa

बितेको २४ घण्टामा ५ हजार ८९१ नयाँ संक्रमित फेला परेसँगै स्पेनमा १ लाख ९० हजार ८३९ जना कोरोना संक्रमित बनेका छन् । जसमध्ये ७४ हजार ७९७ जना उपचारपछि घर फर्किएका छन् ।

Classic Tech Desktop

९६ हजार ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचार गरिरहेका मध्ये ७ हजार ३७१ को अवस्था गम्भीर रहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख २३ हजार ११९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।

प्रतिकृया