• १९ भदौ २०८३, शुक्रबार
  • १०ः३९ बिहान

उपत्यकामा रहेका दोलखाली मजुदरहरुलाई तत्काल राहत वितरण गरिदै

प्रकाशित मिति

२०७७ बैशाख ६ गते, शनिबार ०५:५४

नबराज काफ्ले, दोलखाः दोलखा जिल्लाबाट काठमाडौ,भक्तपुर,ललितपुर जिल्ला भित्र आई दैनिक ज्यालादारी गरि जिविकोपार्जन गर्ने विपन्न मजदुरहरुलाई विभिन्न निकायहरु सँगको समन्वय एवं सहकार्यबाट नेकपा प्रदेश स्तरीय दोलखाली नेतृत्वले तत्काल राहत सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।
कोरोना भाईरसको उच्च जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन घोषणा गरिरहँदा सो कारण उत्पन्न विषम परिस्थितिमा विपदमा परेका मजदुरहरुलाई आवाश्यकीय सहयोग गर्न अपरिहार्य महशुस गरि दोलखा जिल्ला भित्रका प्रदेश सभासदस्यहरु लगायत दोलखाली नेकपा नेता तथा सामाजिक अगुवा अभियान्ताहरुका विच नेकपा जिल्ला कमिटिको समन्वयमा ५ सदस्यीय पालिकास्तरीय सहयोग समन्वय समिति गठन गरि जिम्मेवारी तोकिएको नेकपा दोलखा जिल्ला कमिटि सचिव गोपाल पाण्डेले जानकारी दिए ।

राहत सहयोग वितरणको लागि गौरीशकंर गाँउपालिका बाट नेकपा वाग्मती प्रदेश संगठन कमिटि सदस्य एवं प्रदेश सभासदस्य  सरस्वती वस्नेत(सम्र्पक नं ९८५१०१७३९०),वैतेश्वर गाँउपालिकाको लागि नेकपा केन्द्रिय सदस्य एवं दोलखा जिल्ला कमिटि ईन्चार्ज देवी खड्का (सम्र्पक नं.९८५११२६६२७),जिरी नगरपालिकाको लागि नेकपा युवा नेता एवं प्रदेशसभासदस्य माननीय विशाल खडका(सम्र्पक नं.९८५१११३७३८),तामाकोशी गाँउपालिकाको लागि नेकपा वाग्मती प्रदेश संगठन कमिटि सदस्य वसन्तराज कार्की(सम्र्पक नं.९८५११६०४९५),मेलुङ्ग गाँउपालिकाको लागि नेकपा वाग्मती प्रदेश संगठन कमिटि सदस्य शंकर लामा(सम्र्पक नं.९८४४२१०५८८),शैलुङ्ग गाँउपालिकाको लागि नेकपा दोलखा जिल्ला कमिटि सचिवालय सदस्य भुवन सिंह थापा (सम्र्पक नं.९८५११३६०१०), भिमेश्वर नगरपालिकाको लागि नेकपा केन्द्रिय सदस्य,दोलखा जिल्ला कमिटी सह–ईन्चार्ज एवं प्रदेश सभासदस्य माननीय रचना खड्का (सम्र्पक नं.९८५११८२९११),कालिन्चोक गाँउपालिकाको नेकपा वाग्मती प्रदेश संगठन कमिटि सदस्य बालकृष्ण शिवाकोटी (सम्र्पक नं.९८५१०९०३०९),विगु गाँउपालिकाको लागि नेकपा वाग्मती प्रदेश संगठन कमिटि सदस्य कृष्ण भुजेलको नेतृत्वमा पालिका स्तरीय सहयोग समन्वय समिति गठन गर्दै (सम्र्पक नं.९८५११५४७०९) जिम्मेवारी तोकिएको हो ।

Kamana Sewa

उपत्यका भित्र लकडाउनको कारण रोजगार गुमाई वेरोजगार भएका वास्तविक पिडित पहिचान गरि पिडित समक्ष आवाश्यक पर्ने राहत सहयोग उपलब्ध गराउन पालिका बमोजिम तोकिएको व्यक्तिलाइै सिधै सम्र्पक गरि राहत सहयोग लिन सकिने प्रबन्ध मिलाईएको हुँदा पारस्परिक सहयोग एवं सहकार्यबाट यो जटिल परिस्थितिको सामना गर्नु पर्ने विचार व्यक्त गर्दै त्यस्ता व्यक्तित्वहरु पहिचान गरि सम्र्पक गर्न गराउन नेकपा वाग्मती प्रदेश संगठन कमिटिका सदस्य वसन्तराज कार्कीले स्थानीय सामाजिक अभियान्ताहरुलाई अनुरोध गर्नुभएको छ ।

Classic Tech Desktop

प्रतिकृया