बिश्वभर कोरोना भाइरसका कारण १ लाख ५२ हजारको मृत्यु, २२ लाखभन्दा बढि संक्रमित
प्रकाशित मिति
२०७७ बैशाख ६ गते, शनिबार ०६:३४
काठमाडौं । बिश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या शनिबार राति सम्म १ लाख ५१ हजार ९ सय ६८ जना पुगेको छ। कोरोनाले २२ लाख २० हजार जना संक्रमित भएका छन् । त्यस्तै ५ लाख ६७ हजार जना निको भएका छन्।
उपचाररत १६ लाखमध्ये ५६ हजार २ सयको अवस्था गम्भीर छ ।

कोरोना भाइरसले बिहिबार अमेरिकामा १३ सय २७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ३५ हजार ९ सय ४४ पुगेको छ भने संक्रमितको संख्या ६ लाख ९० हजार ६ सय पुगेको छ । त्यहाँ १३ हजार नयाँ संक्रमित थपिएका हुन् ।

फ्रान्समा बिहिबार मात्रै ७ सय ६१ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या १८ हजार ६ सय ८१ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ४८ हजार छ ।
बेलायतमा बुधबार एकै दिन ८ सय ४७ जनाले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म १४ हजार ५ सय ७६ जनाले ज्यान गुमाएका छन् । १ लााख ८ हजार संक्रमित मध्ये ५ हजार ६ सय जना नयाँ संक्रमित थपिएका छन् ।
इटलीमा एकै दिन ५ सय ७५ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा २२ हजार ७ सय ४५ जनाले ज्यान गुमाएका छन् । त्यहाँँ १ लाख ७२ हजार ४ सय संक्रमित छन् ।
त्यस्तै स्पेनमा एकै दिन १ सय ६३ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १९ हजार ४७८ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ८८ हजार संक्रमित छन्।
अहिलेसम्म इरानमा ४ हजार ९ सय ५८, बेल्जियममा ५ हजार १ सय ६३, जर्मनीमा ४ हजार १ सय ९३, नेदरल्याण्डमा ३ हजार ४ सय ५९, ब्राजिलमा १ हजार ९ सय ५६ र स्विजरल्याण्डमा १ हजार ३ सय २५ जनाको मृत्यु भएको छ । त्यसैगरि टर्कीमा १७ सय ६९, स्विडेनमा १४ सय र क्यानडामा १ हजार ३१० जनाको मृत्यु भएको छ ।
त्यसैगरि भारतमा ४ सय ५२ जनाको मृत्यु भएको छ भने १३ हजार ८ सय ३५ जना संक्रमित छन् ।





प्रतिकृया