• २४ भदौ २०८३, बुधबार
  • २ः३८ दिउँसो

कोरानाले प्रभाव पारेको नयाँ वर्ष

प्रकाशित मिति

२०७६ चैत्र ३० गते, आईतवार ०७:१९

रोजी विसुंके

National Life

नेपालीहरुको नयाँ वर्ष एक पटक मात्र आउने त होइन । हामी यस्तो देशको नागरिक हौ ,जहाँ वर्षको चार पटकसम्म नयाँ वर्ष मनाइन्छ । जस्तै : विक्रम सम्बत, नेपाल सम्बत, इस्वी सम्बत र ल्होसार । अब कुरा गरौं नेपालीहरुले विशेष गरी मनाउने विक्रम सम्बतको , वर्ष २०७६ साल नेपालीहरको लागि मिश्रित नै रहयो तर सालको अन्त्य तिर कोभिड १९ को क्रासले गर्दा २०७७ साल लाग्दै गर्दा पनि हर्ष र उल्हास छैन ।

मानिसहरुको नयाँ वर्षलाई लिएर आ–आफ्नो योजना हुन्छ । मानिसहरु कोही नयाँ वर्षमा विदेश घुम्न जाने , कोही स्वदेशको नयाँ ठाउँहरु घुम्न जाने, मठ–मन्दिर जाने, पारिवारिक जमघट गर्ने, मिठो परिकार बनाएर खाने, पिकनिक जाने वा विभिन्न योजनाहरु बनाएका हुन्छन् । तर अहिले घरको चार कुनामा बस्न बाध्य छन् । केहि दिन अघि मात्र भारतिय अभिनेत्री दिपीका पादुकोणले आफ्नो इन्सटराग्राममा घरको नक्साको फोटो राख्दै सप्ता हान्तमा कहाँ यात्रा गर्ने होला भनरे सोचिरहेको भनेर पोष्ट गरिन । दिपीका पादुकोणको पोष्ट देखेर मलाई नेपालीहरुले कोरानाको प्रभावमा रहेर नयाँ वर्ष कसरी मनाँउछन् होला भनेर जिज्ञासा जाग्यो ।

Classic Tech Mobile
Classic Tech Desktop

विगतलाई हेर्ने हो भने , काठमाण्डांैको रेष्टुरेन्ट , डिस्को , लउन्ज अझै भन्नुपर्दा ठमेल क्षेत्रमा मानिसहरु नँया वर्षको एकदिन अघि इभ मनाउन जानेको भीड हुन्थ्यो, । साँझ परेपछि रेष्टुरेन्ट , डिस्को , लउन्जमा बूढापाका देखि युवाहरुको जमघट देखिन्थ्यो । मानिसहरु गीतमा रम्दैं , नाचिरहेका हुन्थे । राती अबेर सम्म रेष्टुरेन्टहरु खुल्ला हुन्थे । तर यो पटक कोभिड १९ को कारण ठमेल सुनसान छ । साथीभाइ र आफ्न्तहरु गोदावरी , त्रिभुवनपार्क र जस्ता अन्य ठाँउहरुमा पिकनिक जानेको संख्या धेरै हुन्थ्यो तर कोभिड–१९ कहरले गर्दा सबै घर भित्रै बस्न बाध्य छन्। पारिवारिक जमघट गर्ने सोच्नेहरुले,कोभिड–१९ को क्रासले घरभित्र साथीभाइ र आफ्न्तहरुको आवतजावतमा समेत रोक लगाइएका छन् ।

विगतमा यति धेरै हर्ष र उल्हासले नयाँ वर्ष मनाउने नेपालीहरु यो पटक के गर्लान ? म सोचिरहेको थिए । त्यतिनै बेला वीरगंजबाट साथीले फोन गर्यो । मैले उसलाई सोधिहाले वीरगंजमा लकडाउन कस्तो हुदैँछ । उसले निराश भएर भन्यो । यो कोभिड १९ ले गर्दा घर पनि आउन पाएन । नयाँ वर्षमा घर आउला भनेर, छुट्टीको दिन पनि काम गरेको थिए । पोहोर साल खुब रमाइलो भएको थियो । विस्केटजात्राको लिङगो उठाएको र ठिमीको जिब्रो छेडेको पनि हेर्ने गएको थिए । पाँच दिन सम्म भोज हुन्थ्यो , घरमा मिठो मिठो परिकार पाक्थ्यो तर यो पाली यँही वीरगंजमा नै छु । अनि मैले उसलाई भने, स्वास्थ्य नै अमूल्य धन हो भन्ने थाहा छैन । पत्रकार रवि लामिछानेले भनेको सुनको छैन , घर भित्रै बसौ ,अहिले तरकारीमा ऐना हेर्न मिल्ने गरी झोल हालेर खाऊ , जरुरी सामान किन्न भनेर बाहिर नजाऊ , बाच्नुँ भयो भन्ने खसीको मासुको पक्कु ,लोकल कुखुराको रातो झोल , माछा फ्राइ खाउला भनेको सुनेको छैन । ऊ हास्ँन थाल्यो , के गर्नु लकडाउनले गर्दा अफिसको कमपाउण्ड भित्र नै नयाँ वर्ष बित्ने भो ।

त्यसपश्चात मेरो स्कूलको साथीसँग फेसबूकमा कुरा भयो । ऊ भन्दै थिइ , यो कोरोना पनि अहिले किन आएको होला । अफिसको साथीहरुसँग यो पाली नयाँ वर्षमा पोखरा घुम्न जाने योजना थियो । अब त उडायो सबै हुरीले भन्न थाली । नयाँ वर्षमा पोखरा जान नपाएकोे रिसमा घरी चीनलाई गाली गर्दै, घरी किन लकडाउन गरेको होला भनेर एकोहोरो म्यासेज पठाइरहेकी थिई । केहि क्षण पछि , ऊ फेरि ठीकै त होनी है ! भनेर म्यासेज पठाई । अमेरिका, इटाली, फ्रान्स जस्तो शक्तिशाली राष्ट्रको त यो हालत छ , लकडाउन नगरेको भए हाम्रो देशको हालत कस्तो हुन्थ्यो होला । मैले उसलाई जिस्काँउदै भने , अघि सम्म त ! पोखरा घुम्न जान नपाएकोले म्याडम रिसले चूर हुनुभएको थियो । एक्कासी यस्तो बुद्घि कसरी आयो । अब घुम्न त हतपत गइदैन् होला । लकडाउन खुलेपनि कोरोनाको क्रास छ । अब नयाँ वर्षमा घरमा नै नयाँ–नयाँ खानेकुरा बनाएर खाँदै मनाइन्छ, भनेर स्माइल गरेको इमोजी पठाई ।
फेरि बेलुका खाना खाँदै गर्दा ममीले भन्दै हुनुहुन्थ्यो । नयाँ वर्षमा भक्तपुरमा विस्केटजात्रा को चटारो हुन्थ्यो । यसपाली कोरानाले गर्दा हाम्रो बिस्केटजात्रा पनि नहुने भयो । आफ्न्तहरु पनि कसैलाई बोलाउन पाएन । मैले ममीलाई भने, संसार भरि १ लाख भन्दा बढी मानिसको मृत्यृ भइ सक्यो । अब घरको गेटमा नो–इन्ट्री राख्ने बेला भइसक्यो । अब विस्केटजात्रा न सात्रा , सबै ठीक भयो भने अर्को साल मनाउला ।

मानिसहरु व्यस्तताले गर्दा आफ्नो दैनिक जीवनमा बाहिर घुम्न जान पाउँदैनन् , यस्तै अवसरहरुमा घुम्न जाने, रमाइलो गर्ने गर्छन तर यसपटक कोभिड–१९ ले गर्दा कयौ मानिसहरुको योजनामा बालुवामा घर बनाएको जस्तो भएको छ । यस्तो अवस्था देख्दा अब केहि महिना मानिसहरु अति आवश्यक काम बाहेक अरु यात्रा गर्ने छाँटकाँट देखिदैन । कोरानाले जति प्रभाव पारे पनि घर भित्रै बसौ., सरुक्षित रहौं । सामाजिक सञ्जाल मार्फत शुभकामना साटा साट गरौं । चाँडै नै सबै ठीक भएर हामी सबै आ–आफ्नो दैनिक कार्यमा फर्किने विश्वास लिएर नयाँ वर्षलाई स्वागत गरौं ।

प्रतिकृया